मुक्तिनाथ सहकारीको साधारणसभा

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–८ मा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारण सभामा कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गत आर्थिक वर्ष २०७९÷०८० मा कुल रु. छ करोड ४५ लाख ४९ हजार ८४० आम्दानी, रु. छ करोड १४ लाख ८१ ह्जार ९८५ खर्च भएकोमा कर्जा व्यवस्थापन कोषमा रु. पाँच लाख रुपैयाँ व्यवस्था गरेर रु. २५ लाख ६७ हजार ८५४ बचत भएको जानकारी दिनुभयो ।

वि.स. २०६५ मा ४८ जनाको रु. १२ लाख २५ हजार रकमबाट शुरु भएको बेनीको न्युरोडमा कार्यालय रहेको सहकारीको बेनपा ९ घतान र रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सदस्य सेवा केन्द्र रहेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यस वर्ष बचतमा रहेको रु. ३८ करोड ७२ लाख १० हजार ८६२ मा रु. चार करोड र लगानीमा रहेको रु. ४५ करोड ४० लाख ८३ हजार ९५२ मा रु. दुई करोड थप गर्ने लक्ष्य रहेको अध्यक्ष लिलाराम गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संरक्षित पुँजि फिर्ताकोषबाट पाँच प्रतिशत मुनामा कारोबारका आधारमा दिने व्यवस्था गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।

साधारणसभाको अवसरमा ८४ वर्ष पुरा गरेका सेयर सदस्यका दुई जना अभिभावक, सेयर सदस्यका स्नातकोत्तर गरेका ३ जना र एसईईमा उत्कृष्ट नतिजा ल्याएर ३ जना, असल कारोबार गर्ने आठ जना र दुई जना कर्मचारीहरुलाई सम्मान गरिएको सञ्चालक समितिका सचिव कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य रामबहादुर जिसीले सहकारीप्रति सेयर सदस्यको विश्वास बढाउनुपर्ने र सहकारी संस्थाहरु नियम अनुसार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नियम विपरित चलेका केही सहकारीले गरेका बदमासीले नियम अनुसार चलेका सहकारीलाई पनि असर गरेको भन्दै जिसीले सरकारले नियम विपरित चलेका सहकारीलाई नियमन गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, सल्लाहकार सेरबहादुर केसी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...