माओवादीको अभियानबाट डाडागाउँमा सडक मर्मत

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका –३, डाडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयबासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडा अध्यक्ष बुढाले बताउनुभयो । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ । माओवादी केन्द्रका नेता समेत रहनुभएका वडा अध्यक्ष बुढाले श्रमदान अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

Shreekrishna hardwear in news

‘‘वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ’’ वडा अध्यक्ष बुढाले भन्नुभयो ‘‘सडक सुचारु भएपछि स्थानीयबासी सङ्गै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रुहरु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।’’

Exif_JPEG_420
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...