अस्पतालमा उपचारका लागि आएका दुई सहित चार जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी । बेनी अस्पतालमा उपचारका लागि आएका दुई जना सहित चार जनालाई बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य दुई जना बिदेशबाट आएर क्वारेन्टिनमा बसेका, एक जना जलबिद्युत आयोजना र एक जना जलजला गाउँपालिकाको मल्लाजका हुन् । भारतबाट आएर माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा बसेकी मंगला गाउँपालिका–१ की २८ वर्षकी महिला र जिल्ला बाहिरबाट आएर सेनाको क्वारेन्टिनमा बसेका एक जना सैनिकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी अस्पतालमा उपचारका लागि आएका रघुगंगा गाउँपालिकाको जलबिद्युत आयोजनामा काम गर्ने एक जना ४३ वर्षीय, जलजला गाउँपालिका ३ का ४९ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Shreekrishna hardwear in news

माउन्ट र सेनाको क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई बेनीको आइसोलेशनमा राखिएको छ । जलबिद्युत आयोजनाका कर्मचारीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । जलजलाका संक्रमित पर्वतमै छन् । उनिहरु असोज २६ गते बेनी अस्पतालमा आएका थिए ।

सो दिन आएका सबैलाई क्वारेन्टिनमा बस्न अस्पतालले आग्रह गरेको छ । अस्पतालको ओपिडिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको अस्पतालका प्रमुख अमृत अधिकारी र ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालद्धारा बिहीबार जारी अपिलमा उल्लेख छ ।

Bhautik ministry notice about road

अपिलमा सामान्य स्वास्थ्य समस्या भएका बिरामीहरुलाई अस्पताल नआइदिन आग्रह गरिएको छ । अस्पतालको नियमित सेवा भने सञ्चालन गरिने जनाएको छ ।

असोज २७ गते ३४ जनाको स्वाब संकलन गरेर पिसिआर बिधिबाट कोरोना परिक्षणका लागि पोखरा पठाइएको थियो । उपचारका लागि पोखरामा गएर कोरोना पुष्टि भएकी बेनपा ७ मंगलाघाटकी महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैबीच केही दिन अघि उपचारका लागि पोखरा पुगेका धवलागिरी गाउँपालिका–७ ठेगाना भएका ८६ वर्षीय बृद्धलाई पनि कोरोना पुष्टि भएको छ । केही दिनअघि काठमाडौबाट घर आउनुभएका उहाँ पोखराकै अस्पतालमा उपचाररत हुनुहुन्छ । वृद्धको सम्पर्कमा रहेका ब्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि बिदेशबाट र जिल्ला बाहिराबाट आएर क्वारेन्टिनमा बसेकामा कोरोना पुष्टि भएकोमा केही दिनयता जिल्लाबाट बाहिर गएकाहरुमा कोरोना देखिन थालेकाले जोखिम बढेको आँकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय, प्रशासन र सुरक्षा निकायले अति आवश्यक बाहेकका काममा जिल्लाबाहिर जाने आउन नगर्न आग्रह गरेका छन् । जिल्ला बाहिर गएर आएपछि १४ दिन अनिवार्य क्वारेन्टिन बस्न, स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

म्याग्दीबाट हालसम्म एक हजार ७१३ वटा स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक हजार ७०३ वटाको रिपोर्ट आएको छ । जिल्ला बाहिर पुष्टि भएका सहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ महिला र ४६ जना पुरुषले कोरोना जितेर घर गएका छन् । २० बेड क्षमताको बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा हाल १० जना छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...