दोवामा माओवादीको वडा कमिटि गठन

Gandaki Ghumau

बेनी, । तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले म्याग्दीका वडा तथा वस्ती तहमा आफ्नो उपस्थिति बढाएको छ ।

संगठन विस्तार, सदस्यता वितरण, नविकरण र पार्टी प्रवेश गराउने अभियानमा जुटेको माओवादीले यसअघि संगठन नभएका वडा र वस्तिमा आफ्नो संगठनात्मक संरचना गठन गरेको छ ।

यसैक्रममा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ दोवामा तमबहादुर बिकको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा जितबहादुर पुर्जा, सुकु पुर्जा, अरुण बिक, सचिवमा कुमार पुर्जा, कोषाध्यक्षमा लिलकुमारी राम्जाली र सहसचिवमा हेमन्ती पुन रहनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सल्लाहकारमा धनबहादुर पाईजा, दूधबहादुर चोचाङ्गी र नबहादुर पुर्जा चयन हुनुभएको नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश सदस्य तथा म्याग्दी प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज बिनोद केसीले जानकारी दिनुभयो । सो कार्यक्रममा एमाले लगायत विभिन्न पार्टीवाट माओवादीमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका अन्नपूर्ण गाउँ कमिटिका अध्यक्ष थमबहादुर बिकको अध्यक्षता, धनबहादुर पाईजाको स्वागत र अरुण बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व सांसद समेत रहनुभएका केसी, नेकपा माओवादी केन्द्रका बेनी नगर अध्यक्ष सेरबहादुर केसी, गण्डकी प्रदेश सदस्य पूर्ण पाईजा, नगर सचिव ज्ञानेन्द्र सुवेदी, युवा नेता गणेश शर्मा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...