हेम्जामा माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्चको इकाई

Gandaki Pardesh notice

हेम्जा, । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ ।

नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो ।

दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव र प्रेम रसाइली कोषाध्यक्षमा चयन हुनुभएको माओवादी केन्द्र म्याग्दी–पोखरा सम्पर्क समितिका अध्यक्ष लोकनाथ भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक तथा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीलाई विकसित बनाउने आफूहरुको योजनामा साथ दिन आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news

“म्याग्दी जिल्लालाई कसरी सम्बृद्ध र विकसित बनाउन सकिन्छ भनेर हामी लागेका छौ,” म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जुग्जालीले भन्नुभयो “यो पार्टी र त्यो पार्टी भन्दा पनि जनताले हाम्रो कामको मूल्याङ्कन गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।”

Bhautik ministry notice about road

पूर्वाधार विकासमा पछि परेको म्याग्दीका लागि आफ्नो ठाउँबाट अधिकतम प्रयास गरिरहेको र जिल्लामा भित्रिएको बजेट तथा योजना कार्यान्वयन गर्नु सबैको दायित्व भएको उहाँको भनाई थियो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसपाली प्रदेश सरकारले म्याग्दीका अधिकांश ग्रामिण सडक कालोपत्र र ग्राभेल गर्ने योजना शुरु गर्न लागेको बताउनुभयो ।

आर्थिक संकट र बजेट घटेको अवस्थामा पनि आफूहरुको पहलमा म्याग्दीमा तुलनात्मक रुपमा बढी बजेट भित्रिएको बताउदै सांसद भण्डारीले भित्रिएको योजना र बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग रहने विश्वास गर्नुभयो । कार्यक्रमका बत्ताहरुले अहिलेका जनप्रतिनिधिहरुको प्रयासबाट छाडेर गएको गाउँमा फर्कन पाउने आशा पलाएको बताउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, पोखरा महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरी, २५ नम्बर वडा कमिटिका अध्यक्ष महादेव अधिकारीले गाउँबस्तीलाई विकसित र रोजगारी तथा आम्दानीको अवसर सिर्जना गरेर गाउँलाईनै सुविधायुक्त बनाएर बसाईसराई गर्नुपर्ने अवस्था आउन नदिने प्रयासमा रहेको बताउनुभयो ।

माओवादी केन्द्र म्याग्दी पोखरा सम्पर्क मञ्चका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा टेकबहादुर रसाइली, बेगबहादुर बिकले मन्तब्यको साथै कलाकारहरु झलक बिरही, ज्ञानसरा जुग्जाली र रुपा श्रीपालीले गित प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...