पर्यटन विकासका लागि म्याग्दीका पालिका प्रमुखहरुको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका स्थानीय तहका प्रमुखहरुले पर्यटन विकासमा प्राथमिकता दिने प्रविद्धता जनाउनु भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलीयाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले पर्यटकीय स्थलको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रचारप्रसारमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीको आर्थिक गतिबिधिलाई चलायमान बनाउन मुस्ताङ जाने र फर्कनेहरुलाई बेनीमा बसाई लम्बाउने योजना अघि सारिएको बताउनुभयो । बेनी बजार वरपरका क्षेत्रमा साहसिक पर्यटनको सम्भावना अध्ययन भइरहेको, तातोपानी कुण्डलाई व्यवस्थित बनाउने प्रयास गरेको, गलेश्वर, रावणपार्क, पर्छ, जगन्नाथ लगायत क्षेत्रको एकिकृत विकासमा जोड दिएको नगरप्रमुख केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले विदेशलाई मात्र विकल्प नदेख्न आग्रह गर्दै विदेशबाट सिकेको सिप, प्रविधि, पुजि ल्याएर आउन प्रवासीहरुलाई आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन र जलविद्युत मार्फत गाउँपालिकाको विकास र सम्बृद्धीको आधार तयार पार्न लागिएको जानकारी दिनुभयो ।

यस वर्ष अन्नपूर्ण गाउँपालिकामा पर्यटन मार्फत रु. एक करोड ३० लाख आम्दानी भएको र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण तथा प्रर्वद्धनका लागि संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले रु. पाँच करोड भन्दा बढी बजेट बिनियोजन गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राकृतिक स्थलसँगै म्याग्दीको इतिहाँस, संस्कार, संस्कृति र रहनसहन पनि पर्यटकीय विकासको आधार भएको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका खानीहरुको अध्ययन गरि ती खानीलाई पर्यटकीय गन्तब्य बनाउने सोच रहेको बताउनुभयो । ्

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछिको विकल्प धौलागिरी हिमाल र ढोरपाटन शिकार आरक्षलाई विकास गर्न खोजेको बताउनुभयो । पर्यटकीय सम्भावना बोकेको गुर्जा गाउँमा यस वर्ष सडक पु¥याउन गाउँपालिका, संघीय र प्रदेश सरकारले दुई÷दुई करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

ढोरपाटन शिकार आरक्षको १३ प्रतिशत भूगोल म्याग्दीमा रहेकाले त्यसको लाभ म्याग्दीले पनि पाउनुपर्ने अध्यक्ष पुनको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले म्याग्दीको पहिचान दिलाउन मोना अस्ट्रेलीयाले गरेको फोटो प्रतियोगिता र प्रर्दशनी प्रभावकारी भएको बताउनुभयो ।
म्याग्दीको पर्यटन विकासका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले चासो दिएर सक्रीय र उत्तरदायी भएर काम गर्नुपर्ने जिसस प्रमुख थापाले बताउनुभयो । जिसस प्रमुख थापाले बेनी आक्रमणको विद्युतको पोल काठमाडौबाट फर्काउन सम्झौता भएपनि बेनी नगरपालिकाले त्यो पोल राख्ने ठाउँको व्यवस्था नगरिदिदा ढिलाई भएको बताउनुभयो ।

राजेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानिया लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन मोना अस्टे«लीयाका प्रतिनिधि असल केसीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...