बेनीमा सडक अतिक्रमण हटाउन रेखांकन

Shreekrishna hardware

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजार भित्र सडक र नाली अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाको रेखाकंन गर्न थालिएको छ ।

बेनी नगरपालिकाको कार्यालयले बजारलाई व्यवस्थित बनाउन सडकको क्षेत्राधिकार र नालीमाथि बनेका संरचना हटाउनका लागि रेखांकन शुरु गरेको हो । नगरप्रमुख सुरत केसीले बजारलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्युनीकरण गर्न अव्यवस्थित संरचना हटाउने रेखांकन गरिएको जानकारी दिनुभयो ।

“शिक्षा मार्गमा रहेको मेरै घरको ¥याप्य हटाएर अरुलाई पनि सडकको क्षेत्राधिकार र नालीमाथी बनेका भौतिक संरचना हटाउन रेखाकंन गर्न थालेका छौ,” उहाँले भन्नुभयो “सम्बन्धित घरधनीले रेखाकंन गरेका संरचना हटाउन अटेरी गरेमा नगरपालिकाले भत्काउछ ।”
क्याम्पसचोक, अस्पतालचोक, पिपलचोक, शिक्षामार्गमा पनि सडकको क्षेत्राधिकारमा पर्ने भौतिक संरचना हटाएर बेनी बजारमा लागू गरिएको एकतर्फी यातायात सञ्चालनलाई विस्तार गर्ने तयारी भएको नगर प्रमुख केसीले बताउनुभयो ।

Shreekrishna

अस्पताल चोकको सडक साघुरो हुने गरी बनाइएको निजी घर भत्काउने तयारी गरेको नगर प्रमुख केसीले बताउनुभयो । घरधनीले नभत्काए नगरपालिकाले डोजर लगाएर भत्काइदिने उहाँले बताउनुभयो ।

Ban devision notice

बेनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, प्राविधिक गोपाल मगर, बिष्णु शर्मा, नगर प्रहरी शंकर पौडेल, अभिशेक मिजारको टोलीले मंगलबार क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक क्षेत्रमा रेखाकंन गर्नुभएको थियो ।

वडा अध्यक्ष कर्माचार्यले पहिलो चरणमा तल्लो चरणको सडक व्यवस्थित गर्ने र अर्को चरणमा न्युरोडमा यो काम गरिने बताउनुभयो । “क्याम्पसचोक, गणेशटोल र पिपलचोक क्षेत्रको सडक कालोपत्र गर्न तयारी भएको छ,” उहाँले भन्नुभयो “भित्रि गल्लीहरुमा पेभर ब्लक राखेर व्यवस्थित गर्ने काम चलिरहेको छ ।”

सडकको क्षेत्राधिकारमा बनाइएका ¥याम्प, पाली, बरण्डा र पेटीका कारण सवारी आवत जावत गर्न असहज हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । बजारमा कतिपय व्यापारीहरुले पैदलयात्रु हिड्ने पेटीमा सामान राख्ने गरेका छन् । बेनी बजार व्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन प्रभावकारी बनेको छ ।

पछिल्लो समय नगरपालिकाले अतिक्रमण हटाउने अभियानलाई तिब्रता दिएको छ । कालीपुल बसपार्क, अस्पतालचोक, महारानीथान, बिरेन्द्रचोक क्षेत्रमा अतिक्रमण हटाएर सडक विस्तार र बसपार्क निर्माण गरिएको छ । कालीपुलको पुरानो बजारमा अतिक्रमण हटाएर बाल उद्यान बनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...