प्रदेश स्तरीय तेक्वान्दोमा सहिद स्मृति आवासीय मा.वि. विजयी

Gandaki Ghumau

पोखरा, । पोखरा महानगरपालिका–१४ मा रहेको सहिद स्मृति आवासीय मावि गण्डकी प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८० मा मा विजयी भएको छ ।

११ स्वर्ण, ३ कास्य र ३ रजत पदक सहित बिजयी भएको हो । २४ वटा विभिन्न तौल समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको सिनियरतर्फ ५१ क्ेजी मुनीमा रविकान्त कुर्मीले स्वर्ण, ४५ केजी मुनी सत्यम यादवले स्वर्ण, ५५ केजी मुनी दिपेश यादवले काक्य र ५१ केजी मुनी अनिश श्रेष्ठले रजत पदक जित्नुभयो ।

Gunasthariya Shiksya

त्यस्तै जुनियर छात्र तर्फ २५ केजी मुनि के वि तामाङ्ग प्रथम, २९ केजी मुनि आशिष गुरुङ्ग प्रथम, ३३ केजी मुनि अमृत प्रजा प्रथम, ३७ केजी मुनि मन्जित गुरुङ्ग प्रथम, ४९ केजी मुनि अजय जिसी प्रथम, २५ केजी मुनि रोहित माझी द्वितीय, ४५ केजी मुनि सुजन श्रेष्ठ तृतीय, ४९ केजी मुनि कैलाश विक तृतीय हुन सफल भएका छन्।

Shreekrishna

त्यस्तै जुनियर छात्रा तर्फ २५ केजी मुनि सञ्जु शाही प्रथम, २९ केजी मुनि लक्ष्मी वि क प्रथम, ३३ केजी मुनि निशा वि क प्रथम, ३७ केजी मुनि बिपशा कुमाल प्रथम, ३७ केजी मुनि अञ्जना शाही द्वितीय हुन सफल भएकी छिन् । उक्त प्रतियगितामा बिपशा कुमाल उत्कृष्ट खेलाडी९दभकत ाष्नजतभच० बन्न सफल

भएका सहिद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेशन गण्डकीका अध्यक्ष धनकुमार रोकाले जानकारी दिनुभयो । सो विद्यालयका खेल शिक्षक निशान कार्कीले विद्यार्थीहरुलाई तेक्वान्दो प्रशिक्षण दिनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...