जेसीज सम्मेलनमा झल्कियो म्याग्दीको मौलिकता

Gandaki Pardesh notice

बेनी, । बेनीमा बिहिबारदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा म्याग्दीको मौलिकता झल्किएको छ ।

बजार सजावट देखि अतिथिहरुलाई स्वागत सत्कार र उपहार सम्ममा मौलिक सामग्री तथा शैलीको प्रयोग भएको हो । बेनी बजारमा ध्वजापटकाहरु स्थानीय सुचिकारले सिलाएको र तुल ब्यानर हातले लेखेर राखिएको छ ।

महोत्सव उद्घाटन अघि बेनी बजारमा निकालिएको ¥यालीमा सहभागि अतिथिहरुलाई बजारबासी, संघ संस्था र जातजातीले आफ्नै ठाउँमा बसेर कला संस्कृति देखाएका थिए । म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सन्दिप खत्रीले जेसीज सम्मेलनमा अपनाइएको शैलीले अन्य कार्यक्रम र सभा सभारोहलाई पनि परिवर्तन गर्न सन्देश दिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“जो जहाँ छ त्यही बसेर पाहुनालाई स्वागत गर्दा समयको बचत भएको छ,” उहाँले भन्नुभयो “एउटा निश्चित ठाउँमा सांस्कृतिक समूहलाई राखेर झाँकी प्रर्दशन गर्दा सबैले अवलोकन गर्ने अवसर पाए ।” यसअघिका झाँकीको ¥यालीमा सबै सहभागी हुने गर्दथे ।

बजार सजावटमा प्रयोग हुने ध्वजा पटका पलास्टिक र तुल ब्यानर फेलेक्स प्रिन्टको हुने गरेका थिए । पुन प्रयोग गर्न मिल्ने कपडाको ध्वजा पटकाले बजारलाई आकर्षक र सुन्दर देखाएको छ । म्याग्दीमा बसोबास गर्ने मगर, क्षेत्री, ब्राह्मण, दलित, थकाली, गुरुङ, नेवार, मुस्लिम समुदायले झाँकी प्रर्दशन गरेका थिए ।

नेवार समूदायको हनुमान नाच देखाएर संगमचोकमा पाहुनालाई स्वागत गरिएको थियो । प्रमुख अतिथिको आशन ग्रहण गराउने क्रममा पनि फरक शैली अपनाइएको थियो । हाँस्यव्यङग्य कलाकार विपिन हमालले कटुवाल बनेर प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेलाई मुल पाहुना भनेर आशन ग्रहण गराउदाँ सहभागीहरुले फरक शैलीको महशुस गरेका थिए ।


मुल पाहुनालाई बोलाउनुअघि हमालले कर्णल फुकेर म्याग्दीको ग्रामिण बस्तीमा जिवत रहेको कटुवाल प्रथाको झल्को दिने प्रयास गर्नुभएको थियो । ग्रामिण क्षेत्रमा सूचना आदानप्रदानका लागि कटुवाल प्रथा प्रचलनमा छ । यसैगरी अतिथिहरुलाई वितरण गरिएको किट बक्सको झोला म्याग्दीको जंगलमा पाइने अल्लोको पुवाबाट बनेको हो ।

म्याग्दी भएर बग्ने कालीगण्डकी नदीमा मात्र पाइने विश्वकै दुर्लभ शालीग्राम शिलालाई अतिथिहरुलाई मायाको चिनोका रुपमा प्रदान गरिएको सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पुर्व अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । किट बक्सको झोलामा बेनीको बजार जता माया उतै छ नजर लेखेको रुमाल राखिएको छ ।

“यहाँ आएका पाहुनाहरुलाई म्याग्दीको अवस्था, कला, संस्कृति, संस्कार र रहनसहनको बारेमा जानकारी दिलाउने उद्देश्यले मौलिक शैली अपनाएका हौ,” उहाँले भन्नुभयो “यसले मौलिकताको संरक्षणमा युवाहरुलाई प्रेरित गर्ने अपेक्षा गरेका छौ ।”

स्वागतका क्रममा म्याग्दीको थाली, लाखे लगायत मौलिक नृत्यका साथै साँझको सांस्कृतिक कार्यक्रममा सालैजो भाकामा सहभागीलाई नचाइएको छ । सम्मेलन स्थल परिसरमा म्याग्दीको स्थानिय उत्पादन पाइने कोशेली घर सञ्चालन भएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलको जानकारीमुलक फोटो प्रर्दशनी गरिएको छ ।

म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनमा क्षेत्र (ख) अन्तरगतका ४१ शाखा सहित देशभरका १७८ वटै जेसीजका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।


‘सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ,’ उहाँले भन्नुभयो ‘यो सम्मेलनले थलिएको बेनीको पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’ नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतिनिधिहरुलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराइएको म्याग्दी जेसीजका पुर्व अध्यक्ष सुजन बरुवालले बताउनुभयो । सम्मेलनको उद्घाटन समारोहमा म्याग्दीका भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरण थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पु¥याएका इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मान गरिएको थियो ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिबिधि स्विकार्य नहुने बताउनुभयो । ‘आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’

२४० वर्ष राजा, ३० वर्ष राजाको नेतृत्वमा भएको पञ्चायती र १०८ वर्षीय जहानीया राणा शाषनको इतिहाँस अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले म्याग्दी, मनाङ, मुस्ताङ लगायत विकासमा पछाडी परेका जिल्लाको पूर्वाधार निर्माणमा चालु वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै उहाँले संघियताका कारण पहुँच नभएका र पछाडी परेका क्षेत्र, समुदाय र भूगोलका नागरिकले विकासको लाभ लिन थालेको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेश सरकार मातहतको बेनी अस्पताल नगरपालिकालाई हस्तान्तरणका लागि गर्नुभएको प्रस्तावका विषयमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन गर्ने बजेटको स्रोत सुनिश्चितता गरेर आउन चुनौति दिनुभयो ।

‘तीनै तहका सरकारले समन्वय र सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रमा रहेर जिम्मेवार भएर काम गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ‘एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छने छुट कसैलाई छैन् ।’

मुख्यमन्त्री पाण्डेले म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माण गर्ने घोषणा गर्नुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकहरुलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्य सहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैया क्षमताको भवनलाई पूर्णता दिन संघीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको बताउनुभयो ।

‘बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तिब्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्पमा केन्द्रित भएका छौ,’ उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बिमला गौचन लगायतले म्याग्दीका अधुरा आयोजनालाई पूर्णता दिने र जिल्लामा भित्रिएका योजना तथा बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...