म्याग्दीका चार जनालाई जेसीजको सम्मान

Gandaki Pardesh notice

बेनी, म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई बिहिबार नेपाल जेसीजले सम्मान गरेको छ ।
म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र स्वमसेवकलाई सम्मान गरिएको हो ।
भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरन थापा, विपद् व्यवस्थापनमा स्वमसेवक बनेर काम गरेका इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मेलनको उद्घाटन समारोहमा सम्मान गरिएको थियो ।
म्याग्दीमा जन्मिएर कलाकारिता, पशुपालन, लघुउद्यम र समाजसेवामा फरक पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road


दुई दशक लामो वैदेशिक रोजगारिबाट फर्किएपछि व्यावसायिक घुम्ती गोठको भेडापालन गर्दै आउनुभएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले ६ सय बढी भेडा पाल्नुभएको छ ।
धवलागिरि गाउँपालिका–७ धारापानीका किरन थापाले जंगलमा खेर गएको अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँको उद्योगबाट अल्लोबाट धागो र कपडा उत्पादन हुँदै आएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामा सुपरभाइजरको रुपमा कार्यरत मुस्ताङ घर भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बसोबास गर्दै आएका इन्द्रसिंह शेरचनले बाढी पहिरो र हिमालमा विपद्को अवस्थामा उद्दारमा जोखिम मोलेर खटिदै आएका छन् ।

Shreekrishna hardwear in news


गीत संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल म्याग्देली गायक प्रकाश दुतराजले म्याग्दीको नाम उचो बनाएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेश सभा सदस्यद्धय हरि भण्डारी, विमला गौचन, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, सम्मेलन सभापति रजनी थापा, सम्मेलन निर्देशक सुविन श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँ लगायतले अविर, दोसल्ला र सम्मानपत्र सहित नगदद्धारा सम्मान गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...