बेनीमा जेसीजको क्षेत्र (ख) सम्मेलन शुरु

Gandaki Pardesh notice

गणतन्त्र र संघीयतामाथीको प्रहार स्विकार्य छैन–मुख्यमन्त्री पाण्डे
म्याग्दीको बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन शुरु भएको छ ।

म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

क्षेत्र (ख) अन्तरगतका ४१ शाखा सहित देशभरका १७८ वटै जेसीजका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको सम्मेलन दुई दिनसम्म चल्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताए ।

Shreekrishna hardwear in news

‘सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ,’ उनले भने ‘यो सम्मेलनले थलिएको बेनीको पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’

नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उनले बताए । उद्घाटन समारोह पुर्व ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो ।

म्याग्दीका विभिन्न समुदायले चोक चोकमा झाँकी देखाएर अतिथिहरुलाई स्वागत गरेका थिए । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए ।

प्रतिनिधिहरुलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने कार्यक्रम रहेको छ । सम्मेलन स्थल बेनीको खुल्ला मञ्च परिसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियासंगको सहकार्यमा ‘नदेखिएको म्याग्दी’ शिर्षकको तस्विर पदर्शनी गरिएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा म्याग्दीका भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरण थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पु¥याएका इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मान गरिएको थियो ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिबिधि स्विकार्य नहुने बताए । ‘आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’

Bhautik ministry notice about road

२४० वर्ष राजा, ३० वर्ष राजाको नेतृत्वमा भएको पञ्चायती र १०८ वर्षीय जहानीया राणा शाषनको इतिहाँस अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रदेश सरकारले म्याग्दी, मनाङ, मुस्ताङ लगायत विकासमा पछाडी परेका जिल्लाको पूर्वाधार निर्माणमा चालु वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै उहाँले संघियताका कारण पहुँच नभएका र पछाडी परेका क्षेत्र, समुदाय र भूगोलका नागरिकले विकासको लाभ लिन थालेको बताए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेश सरकार मातहतको बेनी अस्पताल नगरपालिकालाई हस्तान्तरणका लागि गर्नुभएको प्रस्तावका विषयमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन गर्ने बजेटको स्रोत सुनिश्चितता गरेर आउन आग्रह गरे ।

‘तीनै तहका सरकारले समन्वय र सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रमा रहेर जिम्मेवार भएर काम गर्न आवश्यक छ,’ उनले भने ‘एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छने छुट कसैलाई छैन् ।’

मुख्यमन्त्री पाण्डेले म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माण गर्ने घोषणा गरे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकहरुलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्य सहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।

अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैया क्षमताको भवनलाई पूर्णता दिन संघीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको जानकारी दिए ।

‘बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तिब्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्पमा केन्द्रित भएका छौ,’ उनले भने ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बिमला गौचन लगायतले म्याग्दीका अधुरा आयोजनालाई पूर्णता दिने र जिल्लामा भित्रिएका योजना तथा बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित भएको बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...