स्वास्थ्य क्षेत्रको सुधारका लागि १० बुंदे प्रतिवद्वता पत्र, सार्वजनिकस्वास्थ्य सुचकांकमा बेनी नगरपालिका पहिलो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका सार्वजनिक स्वास्थ्य संस्थाको सेवा सुधारका लागि बुधबार दश बुदे प्रतिवद्धतापत्र जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७९÷२०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम प्रतिवद्धतापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा सहभागि स्वास्थ्य कार्यालय, बेनी अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा संयोजक र सहसंयोजकले प्रतिवद्धतापत्र जारी गर्नुभएको हो ।

महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य संस्था, स्थानीय तह साथै जिल्लास्तरिय समीक्षा तथा बैठकहरु नियमित रुपमा संचालन गरी स्वास्थ्य सुचकहरुको अवस्था र आगामी कार्ययोजना तयारी संगै नियमित मासिक, चौमासिक र अर्धवार्षिक रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धतापत्रको पहिलो नम्बरको बुदा रहेको छ ।

Shreekrishna hardwear in news

स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा जिल्लाका विभिन्न स्वास्थ्य सुचकहरुमा सुधार हुन नसकेका विभिन्न स्वास्थ्य संस्थाहरुमा जनप्रतिनिधी तथा सरोकारवालाहरुको उपस्थितिमा एकिकृत सुपरिवेक्षण कार्यक्रम नियमित रुपमा संचालन गर्ने, स्वास्थ्य व्यबस्थापन सम्बन्धी विद्युत्तीय अभिलेख तथा प्रतिवेदन प्रणाली, पारिवारिक तथा जनसांख्यिक लगत संकलन कार्यक्रम संचालन तथा विवरण अध्यावधिक जस्ता कार्यक्रमहरु सबै स्थानीय तहमा आर्थिक बर्ष ०८०÷०८१ सम्ममा सबै पालिकामा लागु गर्ने गरी स्थानीय तहमा बजेट विनियोजन तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने बजेट विनियोजन भएका स्थानिय तहहरुमा असोज मसान्त सम्ममा कार्यक्रम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

Bhautik ministry notice about road

सम्पुर्ण स्वास्थ्य अभिलेख तथा प्रतिवेदन प्रणालीहरुमा विवरण समयमानै अध्यावधिक गर्ने तथा स्वास्थ्य व्यबस्थापन सुचना प्रणालीमा समयमानै अभिलेख तथा प्रतिवेदन गर्दै चौमासिक रुपमा तंथ्याङ्क प्रमाणिकरण गर्ने, स्वास्थ्य संस्थाहरुको न्युनतम सेवा मापदण्ड निर्देशिका बमोजिम प्रत्येक ६÷६ महिनामा सबै स्वास्थ्य संस्थाहरुमा लागु गर्ने साथै प्रत्येक स्थानीय तहमा स्वास्थ्य बिमा संयोजन समिती गठन गर्ने, स्थानीय तहबाट आवश्यकता अनुसार बजेट स्वास्थ्य क्षेत्रमा छुट्टाउन पहल गर्ने, “पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान”, खानेपानी गुणस्तर निगरानी तथा खानेपानी परीक्षण र समुदायमा क्लोरिनेशन अभियान संचालन गर्ने निर्णय पनि भएको छ ।

क्षयरोग, कुष्ठरोग बिरामी पत्ता लगाउने, नसर्ने रोगको स्किनिङ साथै निदान सम्बन्धी समुदाय स्तरमा विभिन्न क्रियाकलापहरु गर्ने, परिवार नियोजन साधनको (गर्भपतन पश्चात, नयाँ प्रयोग कर्ता) प्रयोगदरमा वृद्धी गर्ने, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिदैँ मासिक रुपमा एक स्वास्थ्यकर्मी, एक विद्यालय अभियान संचालन गरिने स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

साथै स्थानीय तहहरुको विभिन्न जनस्वास्थ्यका सुचकहरुको आधारमा मुल्याङ्कन गरी मुल्यांकनमा प्रथम हुन सफल बेनी नगरपालिका, दितिय अन्नपुर्ण गाँउपालिका र तृतिय मालिका गाँउपालिका स्वास्थ्य शाखालाई सम्मान पत्र वितरण समेत गरिएको थियो ।

मंगलबार देखि सुरु भएको कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको समापन सत्रमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्मा, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्साल, जिल्ला समन्वय अधिकारी राजेन्द्र अधिकारीले मन्तब्य राख्नुभएको थियो ।

सचिव शर्माले स्वास्थ्य क्षेत्र अत्यन्तै सम्वेदनशील क्षेत्र भएको र सबै जनसमुदायलाई प्रभावकारी सेवा प्रवाहमा समिक्षाले मार्ग दर्शन गर्ने अपेक्षा सहित कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न प्रदेश सरकारको तर्फबाट सदा सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।

गत आर्थिक बर्षमा लक्ष्य अनुसार प्रगति हासिल गराउनमा महत्वपुर्ण योगदान गर्नुहुने महिला स्वास्थ्य स्वयम् सेविका, सम्पुर्ण स्वास्थ्यकर्मी, स्थानिय तहहरु, अन्य सहयोगी तथा साझेदारी संघ संस्था पत्रकार तथा संचारकर्मीहरु र जिल्ला स्थित विभिन्न कार्यालय र कर्मचारी ज्युहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दै स्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...