सिद्धशान्ति माविका विद्यार्थीलाई स्काउट तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा रहेको सिद्धशान्ति माविका विद्यार्थीहरुलाई स्काउट तालिम दिइएको छ ।

नेपाल स्काउटको तालिम लिएका विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको छ । साथै सोही कार्यक्रममा मंगला गाउँपालिकाका अधयक्ष सतप्रसाद रोका र शिक्षा अधिकृतलाई पनि स्काउटले दिक्षित गरेको छ ।

Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष पालिका स्तरीय स्काउटको संरक्षक र शिक्षा अधिकृत सदस्य सचिव रहने व्यवस्था रहेको छ । नेपाल स्काउट मंगला गाउँपालिकाका संयोजक जमान बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश अध्यक्ष आर्शिवाद सुवेदी, सदस्यद्धय इश्वर सुवेदी र सागर पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल स्काउटका गण्डकी प्रदेश अध्यक्ष सुवेदीले व्याईज स्काउटलाई र स्काउटर आशा विश्वकर्माले गल्स स्काउटहरुलाई सपथ ग्रहण गराई ब्याच बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...