जेसीजको क्षेत्र (ख) सम्मेलन बिहिबारदेखि, बेनीबजार झकीझकाउ

Gandaki Pardesh notice

बेनी, । बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुदैछ् । म्याग्दी जेसीजको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको तयारी पुरा भएको छ ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रमुख अतिथि मुख्यमन्त्री पाण्डे लगायत अतिथि र देशका विभिन्न ठाउँबाट जेसीजका पदाधीकारीहरु बुधबार साँझसम्म बेनीमा आउनुभएको छ ।

बजार सरसफाई, तुल ब्यानर टांग्ने, मञ्च व्यवस्थापन लगायतका आवश्यक तयारी अन्तिमचरणमा पुगेको म्याग्दी जेसीजका अध्ययक्ष सुमन बानियाँले बताउनुभयो । पाहुनाको स्वागतका लागि बेनी बजार तुल, ब्यानरले सजिएर झकीझकाउ बनाइएको छ । बजारका मुख्य ठाउँमा प्रवेशद्धार बनाइएको छ । बेनीको खुल्ला मञ्चमा सम्मेलन सञ्चालन हुन लागेको हो ।

Shreekrishna hardwear in news

म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ‘ख’ सम्मेलनलाई म्याग्दी जेसीजले जिल्लाको पर्यटन प्रवद्र्धन सँग जोडेको छ । सम्मेलन स्थलमा जिल्लाका पर्यटकीय स्थलहरुको तस्विर राखिएको छ ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरु आउने भएकाले सम्मेलनलाई म्याग्दी चिनाउने अभियानका रुपमा सञ्चालन गर्ने जमर्को गरिएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनीको खुलामञ्चमा सञ्चालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र धोजापतकाले बजार सजावत गरिएको छ ।

सम्मेलनमा भाग लिन आउने अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम अन्तिमचरणमा पुगेको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाँको चिनो, साँस्कृतिक झाँकी, लगायतको समेत बन्दोबस्त गरिएको छ । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ ।

‘‘हामीले सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ, देशभरबाट आउने अतिथिहरुलाई म्याग्दीको पर्यटन र संस्कृतिको छाप दिन सक्यौँ भने, भोलीका दिनमा म्याग्दीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ भन्ने हाम्रो विश्वास हो,’’– म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष सन्दिप खत्रीले भन्नुभयो ।

क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उहाँले बताउनुभयो ।

सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुजन बरुवालले बताउनुभयो । सम्मेलनको उद्घाटनको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिनेछ ।

बेनी बजार र मंगलाघाट बजार परिक्रमा गर्ने ¥यालीमा सहभागीहरुलाई चोक चोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको पदर्शन गराईनेछ । सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियासंगको सहकार्यमा नदेखिएको म्याग्दी शिर्षकको तस्बिर पदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको बृत्तचित्र समेत पदर्शन गरिने भएको छ ।

म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाईट’ साँस्कृतिक प्रस्तुती राखिने आयोजकले जनाएको छ । सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तह र विभिन्न संघ संस्थाले जेसीजलाई सघाएका छन् । बजारवासीहरुले आ–आफ्नो टोलमा सरसफाई र तुल ब्यानर टागेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...