मुख्यमन्त्री पाण्डे बेनीको दिपप्रज्वलनमा सहभागी

Gandaki Ghumau

बेनी, ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे संविधान दिवस २०८० को अवसरमा बुधबार साँझ बेनीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागि हुनुभएको छ ।

नेपाल विद्यार्थी संघले संविधान दिवसको अवसरमा बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा आयोजना गरेको कार्यक्रममा मुख्य मन्त्री पाण्डेसँगै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा, गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी पनि सहभागि हुनुभएको थियो ।

Gunasthariya Shiksya
Shreekrishna

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी भएको आठ वर्ष पुुरा भएको अवसरमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरेको नेविसंघ म्याग्दीका पुर्व सभापति निर्मल खत्रीले बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुुभएको स्मरणमा बुधबार देशभर हर्षोउल्लासका साथ संविधान दिवस मनाइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...