जेसीज सम्मेलनले म्याग्दीको पर्यटन प्रर्वद्धन गर्छ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

जेसी सुविन श्रेष्ठ
सम्मेलन निर्देशक,
नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२३
शाखा अध्यक्ष–२००९, म्याग्दी जेसीज
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित भएका छौं । सन् २००७ मा पहिलो पटक भव्यताका साथ गरिएको ऐतिहासिक क्षेत्र ‘ख’ सम्मेलनलाई सम्झँदै, विगतको अनुभवलाई सँगाल्दै उत्कृष्ट सम्मेलन बनाउने हाम्रो प्रयास रहिरहेको छ।
एउटै परिवार, एउटै समूह र एउटै लक्ष्य भन्ने नेपाल जेसीजको मूल नारालाई आत्मसात गर्दै हाम्रा मौलिक कला संस्कृति, स्थानीय उत्पादन, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई यो क्षेत्र ‘ख’ सम्मेलनसँग जोड्दै सम्पूर्ण जेसीज मित्रहरुलाई बन्धुत्वको भावनामा बाँध्दै सम्मेलन उपलब्धिमूलक बनाउन हाम्रो प्रयास निरन्तर रहिरहेको छ । सम्मेलनलाई थप उपलब्धिमूलक बनाउन यहाँहरुको साथ, सहयोग र हातेमालोको लागि अनुरोध गर्दछौं । यो सम्मेलनको आतिथ्यता म्याग्दी जेसीजको मात्र नभई समग्र म्याग्दी जिल्ला र म्याग्देलीहरुको रहेको जानकारी गराउँदछु ।
५ वटा गाउँपालिका र एक नगरपालिका रहेको यो जिल्लामा प्रत्येक पालिकाको आ–आफ्नै बिशेषताहरु रहेका छन् । हामीले यही सम्मेलनको अवसर पारी प्रकाशन गरीएको ब्रोसर र यही “विम्ब” स्मारिकामा पनि सबै पालिकाहरुको छोटो परिचय सहित पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पुग्न लाग्ने दुरीको समय उल्लेख गरेका छौं भने छिमेकी जिल्ला बाग्लुङ, पर्वत र मुस्ताङका केही धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचान दिने प्रयास गरेका छौं । २०५६ साल जेष्ठ–१५ गते स्थापना भएको म्याग्दी जेसीजले आफ्नो २५औं बर्ष (रजत जयन्ती) क्षेत्रीय सम्मेलन गरी मनाउदै गर्दा “विम्ब” स्मारिका मा म्याग्दी जेसीजको २५ वर्षे इतिहास, म्याग्दी जिल्लाका सम्भावना र म्याग्दी जिल्लालाई विविध विधाबाट पहिचान गराउन सफल २५ जना व्यक्तिहरुको सम्मानमा वहाँहरुको योगदानको विषयलाई पनि समेट्ने प्रयास गरेका छौं ।
सम्मेलन गर्नु मात्रै ठूलो कुरा होइन, सम्मेलनले लिएका उद्देश्य अनुरुप उपलब्धिमूलक हुनु आवश्यक छ । युवा वर्ग भनेको देशलाई सही दिशामा अगाडि बढाउने खम्बा हुन् । युवा अवस्था ऊर्जाशील एवम् जुझारु हुन्छ, उत्साह एवम् उमङ्ग हुन्छ, जोश र जाँगरले भरिपूर्ण हुन्छ । जोश छ भन्दैमा बेहोसी पनि हुनु हुँदैन । हाम्रो जोशमा नकारात्मकता पनि हुनुहुँदैन । हामी सबैको सकारात्मक प्रयासले सम्मेलनको उद्देश्य प्राप्तिमा हामी सफल हुनेछौं ।
यो सम्मेलनले देशको वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै आगामी दिनमा नेपाल जेसीजले खेल्नु पर्ने भूमिकाको बारेमा व्यापक छलफल गरी जेसीजको अभियानलाई नयाँ दृष्टिकोणका साथ सुनौलो भविव्य तर्फ अगाडि बढाउन सफलता मिलोस् ।
यस सम्मेलनलाई सफल बनाउन म्याग्दी जेसीज र नेपाल जेसीजलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने हातहरु धेरै छन् । स्थानीय सरकार, गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु, जनप्रतिनिधि ज्यूहरु, मातृ शाखा बाग्लुङ जेसीज, छिमेकी शाखा पर्वत जेसीज, नेपाल जेसीजका सम्पूर्ण शाखाहरु, म्याग्दी उद्योग वाणिज्य संघ, बैंक वित्तीय संघ संस्था, सहकारी, विभिन्न संघ संस्थाहरु, बेनी नगरपालिका ७ र ८ का सम्पूर्ण टोल सुधार समितिहरु, आमा समूह, विद्यालय, जातिगत संघ संस्थाहरु, उद्योगी व्यवसायी, बेनी तातोपानी कुण्ड व्यवस्थापन समिति, धार्मिक संघ संस्थाहरु, पत्रकार साथीहरु, सौजन्यकर्ता र विज्ञापनदाताहरु सबैजनामा हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछु । साथै सम्मेलनलाई सफल बनाउन अहोरात्र खटिई हुने संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठज्यू, पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठज्यू, पूर्व अध्यक्षीय क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ लगायत सम्पूर्ण पूर्व अध्यक्षज्यूहरु, सम्मेलन सह–निर्देशकहरु विनय श्रेष्ठ, नवराज पौडेल, खम थापा मगर, सुजन बरुवाल, शाखा अध्यक्ष सुमन बानियाँ लगायत सम्पूर्ण संयोजक एवम् सदस्यज्यूहरुमा धन्यवाद व्यक्त गर्दछु ।
जय जेसीज ¤

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...