सिनेटर धनञ्जयकुमार श्रेष्ठ
शाखा अध्यक्ष, म्याग्दी जेसीज–२००४
राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज–२०१५
सन् १९९९ देखि…, हामी म्याग्दी जेसीज रुपी एउटै परिवारको सदस्य बन्यौं । एउटै लक्ष्य प्राप्तीको अभिलाषा बोक्दै एउटै समुहमा लामवद्ध रह्यौं । म्याग्दी जेसीज स्थापनको २५ वर्षको अवधि, हाम्रो लागि गौरव र सम्झनलायक रहयो । हामीले हाम्रो र हाम्रो समाजको लागि उत्कृष्ट गर्ने प्रयास गरिरहयौं ।
२५ औं वार्षिकोत्सव अर्थात् रजत जयन्तीको यो गौरवपूर्ण क्षणमा नेपाल जेसीजको ठुलो परिवारसँग नै अनुभव र अवसर आदानप्रदान गर्ने सोचका साथ नेपाल जेसीजको वर्ष २०२३ को क्षेत्र ‘ख’ सम्मेलन आतिथ्यता गर्ने मिठो संयोग जु¥यो । म्याग्दीको समाजले मात्र होइन, म्याग्दीको माटोले पनि हामीलाई देशभरिका जेसीज युवाहरुलाई म्याग्दीमा स्वागत गर्न सदैव हौसला र ऊर्जा प्रदान गरिरह्यो ।
सन् २००७ पछि, पुनः एकपटक फरक भुगोल, फरक उमेर समूह र फरक सोच भएका तर समाजका सक्रिय र जुझारु युवाहरुलाई क्षेत्रीय सम्मेलनको वहानामा म्याग्दी भित्र्याउने मौका पाएका छौं । जेसीजका युवाहरुलाई केही सिक्दै र सिकाउँदै आफूलाई परिपक्क बनाउँदै लैजाने एउटा मैदान उपलब्ध गराउने मात्र होइन, म्याग्दी जिल्लाको पर्यटन, कला तथा संस्कृतिका साथै स्थानीय उत्पादनहरुमा म्याग्दीको सम्भावना र क्षमतालाई उजागर गर्ने अर्को मैदान पनि पाएका छौँ । यो क्षेत्रीय सम्मेलन म्याग्दी जेसीजको लागि मात्र होइन, म्याग्दी जिल्लाको लागि पनि कोशेढुङ्गा सावित गराउने सपना पाएका छौं ।
यसै सिलसिलामा म्याग्दी जेसीजले रजत जयन्ती तथा क्षेत्रीय सम्मेलन विशेषाङ्कको रुपमा वार्षिक स्मारिका विम्ब प्रकाशनको गर्न गइरहेको छ । म्याग्दी जेसीजको वार्षिक स्मारिका विम्बको यो संस्करणले म्याग्दी जेसीजको इतिहास मात्र बोक्ने छैन, म्याग्दी जिल्लाका धेरै पक्षहरुलाई प्रतिविम्बित गर्न सफल हुनेछ । विम्बको यो अङ्क स्मारिका मात्र होइन, सङ्ग्रह गर्न लायकको पुस्तक बनाउने लक्ष्य सहित अहोरात्र खट्नुहुने सम्मेलन सहनिर्देशक जेसी विनय श्रेष्ठ, शाखा सम्पादक जेसी सुनिता श्रेष्ठ लगायतको समूह र समग्र म्याग्दी जेसीज परिवारलाई सम्मान सहित शुभकामना प्रकट गर्दछु ।