जेसीजले सामाजिक क्षेत्रमा पनि योगदान गरेको छ

Gandaki Pardesh notice

सिनेटर रमेशकुमार श्रेष्ठ
संस्थापक अध्यक्ष
म्याग्दी जेसीज

Bhautik ministry notice about road

सर्वप्रथम म्याग्दी जेसीजले रजत जयन्ती मनाइरहदा निकै हर्षित भएको छु । “विधिको शासन“ लाई मुल मन्त्र मानी सन १९९९ मा बागलुङ जेसीजको मातृत्वमा शाखा स्थापना भएको र सो शाखाको संस्थापक अध्यक्ष हुँ भन्न पाउँदा आफूले आफैँलाई भाग्यमानी ठान्दछु । हिजो जस्तो लाग्छ – शाखा गठन भएको । सुरुका वर्षहरु चुनौतिपूर्ण थिए । नौला खालका अभ्यास र प्रक्रियाले गर्दा थप जटिल थियोे । जेनतेन वर्ष धकेल्दै जाँदा शाखा यो अवस्थामा आइपुग्ला भनेर कल्पना समेत गरिएको थिएन ।
म्याग्दी जेसीजको स्थापना पश्चात् सार्वजनिक कार्यक्रमहरू, बैठक तथा तालिमहरू सञ्चालन लगायतमा जिल्ला भरमै फरकपना ल्याउन सकियो । “नेतृत्व हस्तान्तरण” सबै संस्थाले अनुसरण गर्दै लगे, जुन खुशीको कुरा थियो । तत्कालीन द्वन्द्वकालमा समसामयिक अन्तरक्रिया, ०६२÷०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता, संविधानसभाको निर्वाचन र तत्पश्चात संविधान निर्माणका लागि दवाव सिर्जनाका लागि म्याग्दी जेसीजले अहम् भूमिका खेल्ने अवसर मिल्यो ।
यस बिचमा सदस्यहरू नेतृत्व र व्यक्तित्व विकासका लागि आयोजना गरेका जेसीजकप फुटबल, जेसीज सप्ताह, लोकनृत्य, तालिम, निबन्धलेखन, हाजिरीजवाफ, जेसीज गाउँ, पर्यटन प्रबद्र्धन लगायतका कार्यक्रमका संस्करण हेर्दा, क्षेत्रीय र राष्ट्रिय महाधिवेशनमा सहभागी हेर्दा संस्था जीवित र सक्रिय रहेको आभाष हुन्छ ।
स्थापनाको १५ वर्षमै शाखाका संस्थापक महासचिव सिनेटर धनञ्जयकुमार श्रेष्ठलाई राष्ट्रिय अध्यक्षको रुपमा निर्वाचित हुनुलाई सफलताको अर्को खुड्किलाको रुपमा लिन सकिन्छ । भौतिक स्रोत साधन विना फाइल र टिनको बाकसबाट सुरु भएको संस्था आफैं जग्गा खरिद गरी सचिवालय स्थापना गर्नुका साथै सन् २००७ मा क्षेत्रीय सम्मेलन समेत सम्पन्न गरेको विगतलाई आत्मसात गर्दै पुनः यस वर्ष नेपाल जेसीजको आतिथ्यता गर्न कम्मर कसेर लागेको छ, जसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । संस्थालाई यस अवस्थामा ल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...