खोरीयामा आगोलागीबाट एक घर पूर्णरुपमा जलेर नष्ट

Gandaki Pardesh notice

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरीयामा मंगलबार राती आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।

Bhautik ministry notice about road

खोरीयाका टिका पुर्जाको घर आगोले जलेर नष्ट भएको हो । धवलागिरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद बिकले आगोलागीबाट ढुंगा, माटो र काठले बनेको दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

अगेनाको छेउमा सुकाउनका लागि राखेको दाउराबाट आगो सल्कीएको थियो । स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । क्षतिको विवरण संकलन र अनुसन्धानका लागि ताकम प्रहरी चौकीको टोली घटना स्थलतर्फ जाने क्रममा रहेको छ । घरधनी टिका कामको शिलशिलामा जोमसोम र उनकी श्रीमति माइति गएकी थिइन । घरमा छोरा मात्र थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...