अन्नपूर्णमा बालमैत्री स्थानीय शासन अभियान

Shreekrishna hardware

पोखरेबगर, । अन्नपूर्ण गाउँपालिकालाई २०८२ चैत्र मसान्तसम्म बालमैत्री घोषणा गर्नका लागि अभियान थालनी गरेको छ । पहिलो चरणमा सबै वडामा अभिमुखीकरण र वडास्तरीय समिति गठन गरिएको छ ।
पूर्वतयारी चरणका क्रियाकलापमध्ये यसै सातादेखि सबै वडामा बालमैत्री अवस्थाको सर्वेक्षण गरी वडा तथा गाउँपालिका तहको स्थितिपत्र एवम् बाल प्रोफाइल तयारी गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो ।
गाउँपालिका तहको विस्तृत कार्ययोजना तयार गरी वडा तहमा गठन गरिएका समितिहरुको परिचालन गरी यसै वर्षभित्र कम्तिमा दुई वडालाई बालमैत्री घोषणा गरी दिगोपनको योजना तयार गर्ने र बाँकी वडालाई आगामी वर्षभित्र बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष भारत बहादुर पुनले बताउनुभयो ।
गाउँपालिकालाई बालमैत्री बनाउनका लागि सबै वडाहरुले समेत अल्पकालीन योजना तयार गरेका छन् । “गाउँपालिकाको विस्तृत कार्ययोजना तयार भएपछि त्यसको आधारमा वडाहरुले समेत विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउनुहुन्छ”, गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सविना पुनको भनाइ छ, “सो अवधि सम्मका लागि वडा तहले अल्पकालीन योजना तयार गरिएको हो ।”
बालमैत्री अभियानको उद्धेश्य हासिल गर्नका लागि शिक्षा, स्वास्थ्य, महिला, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाइ, कृषि, पशु विकास लगायतका विषयगत शाखासँग एकीकृत रुपमा कार्यान्वयनमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...