देविस्थान कप फुटवल प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडादशै पर्वको अवसरमा १३ औ देविस्थान कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

न्यू देविस्थान युवा क्लवको आयोजनामा कात्तिक १० देखि १६ गतेसम्म खुल्ला पुरुष, महिला र भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । पुरुष फुटबलमा विजेता र उपबिजेतालाई क्रमश रु. ९० हजार र पचास हजारको साथमा ट्रफि, मेडल, प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

Bhautik ministry notice about road

महिला फुटबल प्रतियोगिताका बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा रु. बीस हजार र दश हजार पुरस्कार प्रदान गरिने खेलकुद अध्यक्ष सुवास पुनमगरले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

भेट्रान्स फुटबलमा बिजेता र उपबिजेतालाई मेडल र प्रमाणपत्र सहित रु. १५ हजार र दश हजार पुरस्कार प्रदान गरिने भएको छ । उत्कृष्ट खेलाडी, गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र स्टाइगरलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...