स्वास्थ्य कार्यक्रमको समिक्षा शुरु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएका कार्यक्रमको समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीको अध्यक्षता, सूचना अधिकारी गणेश सुवेदीको सञ्चालन र सिनियर अहेव सोमनाथ उपाध्यायको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालय, बेनी अस्पताल, स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख र स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा र नयाँ आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन गर्ने कार्ययोजना बनाइने भएको छ ।

Bhautik ministry notice about road


पहिलो दिनको कार्यक्रममा बेनी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदी, अन्नपूर्णका संयोजक समुन्द्र बरुवाल र मंगला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
दोस्रो दिनको प्रस्तुती रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकाको रहनेछ । म्याग्दीलाई पूर्णखोपयुक्त जिल्ला दिगोपना घोषणा गर्नु, परिवार स्वास्थ्य प्रोफाइल तयार हुनु, स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बनिधत तालिम, लक्षित बर्गका सुत्केरीलाई पोषण भत्ता वितरण गर्नुलाई स्वास्थ्य सम्बन्धी कार्यक्रमको उपलब्धी मानिएको छ ।
स्थानीय तहहरुले पोषण सुधार र सुरक्षित प्रसुति सेवाको पहुँच बढाउन गरेका कार्यक्रम, बेनी नगरपालिकाको जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी, धवलागिरीको दिर्घरोगीसँग अध्यक्ष कार्यक्रमलाई नविनतम प्रयास मानिएको छ ।
भौगोलिक विकटता, जनशक्तिको कमी, निजी स्वास्थ्य संस्थाबाट सेवा लिनेहरुको अभिलेख नहुने, ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईलाई स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतिका रुपमा प्रस्तुत गरिएको छ ।

Shreekrishna hardwear in news

,

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...