हिस्तानको गिद्देश्वर मन्दिर (फोटो फिचर)

Gandaki Pardesh notice

सुरेन गुरुङ
औल, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलमा रहेको गिद्देश्वर मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण छ ।

परापुर्व कालमा सतदेवीको गिदी खसेकाले यस ठाउँका नाम गिद्देश्वर रहन गएको भनाई छ । गिद्देश्वरमा हरेक वर्षको हरितालिका तिज पर्वको अवसरमा मेला लाग्ने गर्छ । तिज पर्वका दिन भक्तजनहरुले ब्रत बसेर गिद्धेश्वरमा गई नरिवल चढाएर पुजा गर्ने गरेका छन् । गिद्देश्वर नजिकैको कुवाको पानीलाई जलको रुपमा अर्पण गर्दछन् ।

गिद्देश्वरमा पुजाआजा गर्न औल, रिम र टिकोटका बासिन्दाहरु आउँछन् । गिद्देश्वरमा शिव र पार्वतिको मन्दिर रहेको छ । गिद्देश्वरका बारेमा फरक फरक किम्बदन्तीहरु सुनिएको छ ।

Shreekrishna hardwear in news

सतिदेवीको गिदी खसेको कारण गिद्देश्वर नाम रहन गएको स्थानीय वयोवृद्ध चन्द्र बहादुर पुनले बताउनुभयो । पुनले गिद्धेश्वर नजिकै रहेको कुवालाई सतिदेवीले पानी खान बनाएको बताउनुभयो । यो ठाउँ गिद्दको बासस्थान पनि रहेको थियो । केही वर्षअघि सम्म २०० वटा सम्म गिद्ध यहाँ बस्ने गरेका थिए ।

गिद्धेश्वरमा पुजा गर्नु १५ दिन अघि देखि औला गाउँमा काटमार हुदैन् । औलाबाट ३० मिनेट उकालो हिडेपछि गिद्देश्वर पुगिन्छ । अन्नपूर्ण गाउँपालिकाले गिद्देश्वर जोड्ने ढुंगे पदमार्ग बनाएको छ ।

Bhautik ministry notice about road

गिद्देश्वरमा थप पूर्वाधार निर्माण र धार्मिक महत्वको प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा पनि सहयोग पुग्ने थियो ।

करबाकेली र धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको हिस्तानमा पर्ने यो ठाउँको पर्यटकीय सम्भावना पनि रहेको छ ।

पदमार्ग बनेपछि पैदलयात्रा गर्न भक्तजनहरुलाई सहज र सुरक्षित भएको छ । गिद्देश्वरबाट रघुगंगा गाउँपालिकाको रुइसे, राखु र औलागाउँको दृष्य अवलोकन गर्न सकिन्छ । तिज पर्वको अवसरमा औलमा मंगलबारदेखि खेलकुद प्रतियोगिता सहितको मेला सुरु भएको छ ।

औलामा पाँच वर्षपछि मेला आयोजना भएको हो । मेलासँगै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनबाट बास्केटबल खेलमैदान पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...