संविधान दिवसको असरमा गलेश्वरमा सरसफाई

Gandaki Pardesh notice

बेनी, । संविधान दिवस २०८० म्याग्दीमाा मंगलबारदेखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ ।

त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय अनुसार मंगलबार बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, सुरक्षा अधिकारी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीमा असोज मंगलबारदेखि देखि असोज ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय आइतबार भएको थियो । जिल्ला स्थित सबै सरकारी, सार्वजनिक कार्यालय र सामुदायिक संघ संस्थाहरुको राष्ट्रिय झण्डा एवम ब्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने, सरकारी कार्यालयमा दिपावली गर्ने र सर्वसाधारणलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

असोज ३ गते बिहान ७ः१५ बजे बेनीमा प्रभातफेरी तथा बजार परिक्रमा गर्ने कार्यक्रम तय भएको छ । स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्वका विषयमा सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रशारण गर्ने निर्णय भएको छ । वि.स. २०७२ असोज ३ गते संविधानसभाबाट संघीय गणतन्त्रात्मक व्यवस्था सहितको संविधान जारी भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...