बेनीमा बर्खे नाचको समापन

Shreekrishna hardware

बेनी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा एक महिनासम्म सञ्चालन भएको परम्परागत बर्खेनाचको सोमबार समापन गरिएको छ ।

बेनीमा बस्ती बसेदेखिनै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाचहरु देखाउने चलन रहेको छ । बेनीको संगमचोकमा साँझ बर्खेनाचको समापन गरिएको हो ।

बर्खेनाच अन्र्तगत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित बर्खे नाच समापन गरिएको नेपाल भाषा मंका खल म्याग्दीका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लाखे र श्रीकृष्णको लडाई झल्काउने नाच अवलोकन गर्न संगमचोकमा बजारबासीको भिड लागेको थियो ।

Shreekrishna

बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । यस बर्ष बर्खे नाच अन्तरग लाखे, हनुमान, घोडा, गोरु, रोपाईँ, नागानागीनी, धानको बाला र जोगी नाच देखाइएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जनैपूर्णिमा र त्यसको भोलीपल्ट दुईदिन बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाच देखाइएको थियो । मंका खल अन्तर्गतको ल्याम ः पुचको अगुवाई र मैजु खःलको व्यवस्थापनमा बर्खे नाच देखाइएको हो ।

परम्परागत रुपमा देखाइदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाइएको हो ।

मंका खलः ले दुई सय बर्ष पुरानो बर्खेनाचको निरन्तरताको लागी नयाँ कलाकारहरुलाई तालिम दिएको छ । विभिन्न नाचहरुमा ४० जनासम्म कलाकारहरु सहभागी हुने गर्छन् । आधुनिकताको प्रभाबले मौलिक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जिवन्त राख्ने प्रयास गरेको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा युवतिहरुलाई बर्खे नाच सम्बन्धी तालिम दिइएको छ । भदौ १८ गतेदेखि शुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ । बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...