ब्याडमिन्टन प्रतियोगितामा फलीयागाउँ च्याम्पीयन

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेताको उपाधी धवलागिरी गाउँ–३ फलीयाउँको टिमले जितेका छन् ।

Bhautik ministry notice about road

मदन मल्ल र बिरु भ्ण्डारीको जोडी बिजेता तथा नगेन्द्र मल्ल र विश्वास भण्डारीको जोडी उपबिजेता हुनुभएको हो । क्लवका अध्यक्ष जित गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदीले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

बिजेतालाई रु. १५ हजार र उपबिजेतालाई नगद रु. दश हजारको साथमा प्रमाणपत्र वितरण गरिएको थियो । मराङ लगायत धवलागिरी गाउँपालिकामा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...