म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइने

Add Samajik bikash office

बेनी,। म्याग्दीमा संविधान दिवस २०८० त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार बसेको कार्यालय प्रमुखहरु, राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।

Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जिल्ला स्थित सबै सरकारी, सार्वजनिक कार्यालय र सामुदायिक संघ संस्थाहरुको राष्ट्रिय झण्डा एवम ब्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने, सरकारी कार्यालयमा दिपावली गर्ने र सर्वसाधारणलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

असोज २ गते गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई, ३ गते बिहान ७;१५ बजे बेनीमा प्रभातफेरी तथा बजार परिक्रमा गर्ने कार्यक्रम तय भएको छ । स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्वका विषयमा सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रशारण गर्ने निर्णय भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...