जलजलामा तिज गित प्रतियोगिता

Add Samajik bikash office

बेनी, । जलजला गाउँपालिकाको आयोजनामा लामाखेतमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तिज एवम् बाल दिवस २०८० को अवसरमा शुक्रबार भएको प्रतियोगितामा १४ वटा समुहले सहभागिता जनाएका थिए । लेकफाँट आमा समूह प्रथम, न्यु अमृत आदर्श प्याराडाइज एकेडेमीका छात्रा टोली दृतीय, ज्योती मावि तृतीय र कृष्ण भवन धर्म माविका छात्राहरुको समूह सान्तवना भएका थिए ।

Bhautik ministry notice about road

प्रथम, दृतीय, तृतीय र सान्तवनाले क्रमश रु. १२ हजार, दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा महिला अगुवा जमुना आचार्य, नेपाल महिला संघ जलजलाका अध्यक्ष मायादेवी रिजाल, कार्यपालिका सदस्य सुनिता र माया भुषालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्माले सञ्चालन र देवी रिजालले स्वागत गर्नुभएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्य, वडा अध्यक्षहरु भरत खत्री, एकिन्द्र खत्री, तिलक जिसी, टुंगनाथ शर्मा, कार्यपालिका सदस्य भिमसेन बराइली लगायतको उपस्थिति थियो । मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...