मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ ।

लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा एक अण्डर १९ अंकका साथ उपाधी जित्नुभएको हो ।

समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा भएको प्रतियोगितामा पोखराका गल्फर लिलाजंग गुुरुङले १८ अंक जोडेर उपबिजेता बन्नुुभएको रेफ्रि भुवन गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

महिलातर्फ पोखराकी जुनी गुरुङले १५ स्कोर सहित बिजयी हुनुुभएको छ । गत वर्षकी बिजेता काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अंकका साथ यसपाली दोस्रो हुनुुभयो । रविन राना ग्रस च्याम्पियन हुनुभएको छ ।

समान अंक जोडेका याम राना र पीवी राईलाई ब्याक काउण्टमा रवीनले हराउनुभएको हो । तीनैजनाले ११ अंक जोडेकोमा अन्तिम होलमा रविनले २ अंक जोडेपछि उपाधीको छिनोफानो भएको थियो ।

सर्वाधिक बर्डीजको उपाधी आत्मराम सिंखडाले जित्नुभयो भने लंगेष्ट ड्राइभ माधव सिंखडाले हिर्काउनुभयो । सिनियर तर्फको पुरस्कार भने पोखराका ६१ वर्षका बलराम थापाले पाउनुभो । थापाले १६ स्कोर गर्नुभएको थियो । उहाँ गतवर्षको उपविजेता हुनुहुन्थ्यो ।

Bhautik ministry notice about road

क्लोजेष्ट टु दी पीन मेजर विजय लामाले पाउनुभयो । होल इन वान कसैले पनि जित्न सकेनन् । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो । २४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड फम्र्याटमा खेलाइएको थियो ।
अघिल्लो वर्ष निर्माण गरिएको कोर्सलाई विश्व गिनिज बुकमा रेकर्ड गराउने प्रयास स्वरुप दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको खेलका संयोजक तथा पुर्व प्रदेश सांसद इन्द्रधारा बिष्टले बताउनुभयो ।

“मुस्ताङ गल्फ कोर्स दर्ता गरेर जग्गा प्राप्तीको प्रक्रिया थालिएको छ,” उहाँले भन्नुभयो “नेपालमा नयाँ पहिचान थप्ने सपना अनुसार काम गरिरहेका छौ ।” सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीसँगै विश्वले अव सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स रहेको भूमि का रुपमा पनि नेपाललाई चिनाउने लक्ष्य राखिएको बिष्टले बताउनुभयो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई विष्टसँगै लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङ, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की लगायतले सुन र चाँदीले लेपन गरिएको ट्रफी वितरण गर्नुभयो । गल्फलाई व्यवस्थित सञ्चालन गर्न गल्फ संघका केन्द्रीय सदस्य भुवन गुरुङ सहितको प्राविधिक टोली १ साताअघि नै लोमान्थाङ पुगेको थियो ।

विश्वकै उच्च स्थानमा दोस्रो पटक प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले दावी गरेको छ । यसअघि भारतको सिक्किममा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मान्ने गरिएको थियो ।
लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजार देखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।
गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स लगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...