गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

Gandaki Pardesh notice

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ ।

सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाउने काम अघि बढाइएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युुतीय अभिलेख राख्ने काम सकिएको बताउनुुभयो ।

Shreekrishna hardwear in news

“कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्दाहरुलाई स्क्यान गरेर सफ्टवयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो,” उहाँले भन्नुुभयो “यस वर्ष बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्दालाई डिजिटलाइजेशन गर्न लागेका छौ ।”

कास्कीको यातायात कार्यालयमा सफ्टवयरको विकास गरेर नमुुना र परिक्षणका लागि देशमै पहिलो पटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो । चालुु आर्थिक वर्ष २०८०÷८१ मा बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएको सवारी साधनको अभिलेख डिजिटलाइजेश गर्न रु. दश÷दश लाख बजेट बिनियोजन भएको मन्त्रालयका प्रवत्ता टिकाराम पौडेलले बताउनुुभयो ।

Bhautik ministry notice about road

“बागलुुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्,” उहाँले भन्नुुभयो “यसवर्ष दुुवै कार्यालयलाई सवारी साधनको ढड्दा र फाइल मुक्त बनाउने तयारीमा छौ । डुुम्रेमा दर्ता भएका सवारी साधनको संख्या कम भएकाले कार्यालयकै जनशक्ति मार्फत डिजिटलाइजेशन हुुन्छ ।”

प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुुमतिपत्र संग सम्बन्धित फाइल र ढड्दालाई पनि डिजिटलाइजेशन गर्न चालुु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएको छ । तीन लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवयरमा राखेको यातायात कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिज्यालले बताउनुुभयो ।

“फाइल र ढड्दा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो,” उहाँले भन्नुुभयो “अहिले सबै विवरण सफ्टवयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौ लाइन बस्नुुपर्ने समस्या हटेको छ ।” फाइल र ढड्दा खोज्दा हुुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने, कार्यालय व्यवस्थित बनेको छ । पुुराना फाइल सम्बन्धीत सवारी धनीलाई फिर्ता गर्न थालिएको छ ।

सफ्टवयरमा सवारी साधनको नम्बर, कम्पनी, रंग, बिमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण राखिएको छ । सफ्टवयरमा कर निर्धारण गर्ने बिधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा सबै भन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा ११ हजार, २०७८÷०८० मा १९ हजार र २०७७÷७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए । सो कार्यालयले गत आर्थिक वर्षमा रु. दुुई अरब पाँच करोड साठी लाख ४८ हजार २६४ राजस्व संकलन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...