शिख, घार र घोडेपानीमा बजार अनुुगमन

Beni Sanjibani

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ ।

ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते वडा नम्बर ५ र ६ मा पर्ने शिख, घार, घोडेपानीका पसलहरुको अनुुगमन गरिएको छ ।

Beni nagarpalika ko janahit ma jari notice

यसअघि पोखरबेगर, दाना, तातोपानी क्षेत्रका पसलहरुको गत साता अनुुगमन भएको थियो । गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजाको नेतृत्वमा सुरक्षा निकायको समेत सहभागितामा शिख, घारमा ६० वटा पसल, होटल, किराना, मासुु पसल, सौन्दर्य र औषधी पसलको अनुुगमन गरिएको छ ।

Mangala Health notice about Je

गाउँपालिकाका बजार अनुुगमन अधिकृत भगवति खड्काले अनुुगमनका क्रममा कोकाकोला, जुस, बियर, चामल, मैदान, सोयविन तेल, कुुरकुुरे, लेज, भुुजा, ब्रेडको, मिठाई, सस, भिनेगर जस्ता सामग्रीहरुको म्याद नाघेको पाइएको बताउनुुभयो । म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको अधिकृत खड्काले बताउनुुभयो ।

रु. तीन लाख भन्दा बढी मूल्य बराबरको म्याद नाघेका सामग्रीहरु नष्ट गराउन अथवा डिलरलाई फिर्ता गर्न निर्देशन दिइएको अधिकृत खड्काले बताउनुुभयो । धेरैजसो बेनीबाट गाडी मार्फत गाउँगाउँमा म्याद सकिने बेलामा सामान पठाउने गरिएको पाइएको समेत अनुुगमन टोलीले जनाएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...