म्याग्दीका अजयमिलन श्रेष्ठ पुुरस्कृत

Gandaki Pardesh notice

पोखरा, २४ भदौ । म्याग्दी कांग्रेसका नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच पुुरस्कृत गरिएको छ ।

११०औं वि.पी. जयन्तिको अवसरमा आइतबार नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो ।

Bhautik ministry notice about road

जननायक विपी कोइरालाको विचार र दर्शनको अनुशरण गर्नुका साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यताको विकास र विस्तारमा क्रियाशील रहेर सामाजिक रूपान्तरणका लागि पु¥याएको महत्वपूर्ण योगदानको कदरस्वरुप उक्त सम्मान गरिएको जनाइएको छ ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेशका एघार वटा जिल्लाहरुबाट एक एक जना व्यक्ति छनौट गरिने क्रममा छनौट समितिले म्याग्दी जिल्लाबाट श्रेष्ठ को मनोनयन गरेको थियोे । आयोजकका अनुसार ५५ वर्षिय श्रेष्ठ सम्मानित एघार मध्ये सबैभन्दा कम उमेरका व्यक्तित्व हुुनुहुुन्छ ।

सम्मानित श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मान पत्र र नगद पच्चीस हजार प्रदान गरिएको थियो । विपी स्मृति पुस्तकालयका अध्यक्ष माधवप्रसाद बाँस्तोलाको अध्यक्षता, नेपाली कांग्रेसका उपसभापति एवम् कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता, पुस्तकालयका संरक्षक एवम् पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव सूर्य केसीले गर्नुुभएको थियो । कार्यक्रममा म्याग्दीका पार्टी उपसभापति केबि भण्डारी र गण्डकी प्रदेश सदस्य विमला गौचनको समेत उपस्थिति रहेको थियोे ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...