आत्महत्या घटाउन सचेतनामुुलक कार्यक्रम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा सप्ताहब्यापी कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।

सामाजिक समस्याको रुपमा रहेको आत्महत्यालाई न्युुनीकरण गर्न सामाजिक विकास कार्यालय, बेनी अस्पताल र द्धन्द्ध पिडित महिला राष्ट्रिय सञ्जालसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले चनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाएको हो ।

हरेक वर्षको सेप्टेम्बर १० मा मनाइने दिवस समुुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मनाइएको हो । भदौ १७ देखि सन्देशमुुलक बोर्ड राख्ने, समुदाय स्तरमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

Shreekrishna hardwear in news

यसअघि बेनी सामुदायिक मावि, रघुुगंगा मावि, मंगला आमा समूूह, सिंगा वडा कार्यालय र धवलागिरी मावि, गलेश्वरमा आत्महत्या रोकथाम तथा न्युुनीकरण र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

Bhautik ministry notice about road

म्याग्दी बहुुमुखी क्याम्पसमा आइतबार सामाजिक विकास कार्यालयसँग सहकार्य गरेर जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आत्महत्या रोकथाम तथा न्युुनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले विद्यार्थीहरुलाई जीवन उपयोगी सन्देश सहितको मन्तब्य व्यक्त गर्नुुभएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जिवन जिउने कला सहितको प्रेरणायुक्त प्रशिक्षण प्रदान गर्नुुभएको थियो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले आत्महत्या न्युुनीकरणका लागि कार्यालयबाट भएका गतिबिधिको बारेमा जानकारी गराउनुु भएको थियो । बेनी अस्पताल म्याग्दीका मानसिक रोग विशेषज्ञ डा. अनुुशा मानन्धरले तनाव व्यवस्थापन तथा आत्महत्या न्युुनीकरण सम्बन्धी मनोपरामर्श प्रदान गर्नुुभएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुुख भुुवन ठकुुराठीले आत्महत्या न्युुनीकरण गर्न जनचेतना अभिवृद्धि र तनाव व्यवस्थापनमा जोड दिनुुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्माले आत्महत्य रोकथाम तथा न्युनीकरण सम्बन्धी प्रशिक्षण गर्नुुभएको थियो ।

म्याग्दी बहुुमुखी क्याम्पसका प्रमुख गोरखबहादुुर जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । दिवसको सन्दर्भमा ग्रामिण क्षेत्रमा रहेका प्रहरी इकाईहरुले ५३ वटा लघुु सचेतनामुुलक कार्यक्रम गरि तीन हजार २०४ थान पर्चा विवरण गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...