म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

Gandaki Pardesh notice

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ ।

म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुुग्जालीले बेनी–दरवाङ–ढोरपाटन हुुदै रुकुुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बाग्लुुङ–रुकुुम सडकको विकल्प बनाउने योजना अघि सारिएको बताउनुुभयो ।

“बागलुुङबाट भन्दा म्याग्दीबाट ढोरपाटन हुुदै रुकुुम जोड्ने सडक ६५ किलोमिटर छोटो हुुन्छ,” उहाँले भन्नुुभयो “जलजला क्षेत्रमा नयाँ सडक खनेमा ढोरपाटनसँग जोडिन्छ । प्रदेश सरकारले दरवाङदेखिनै यो सडकलाई स्तरोन्नति गर्र्न बजेट व्यवस्थापन गरेको छ ।”

Shreekrishna hardwear in news

मन्त्री जुुग्जालीले म्याग्दी जिल्लामा भित्रिएका आयोजनाको बजेटको प्रभावकारी कार्यान्वयनमा सबैले अग्रसरता र चासो देखाउनुुभयो । म्याग्दीका प्राथमिकता प्राप्त योजनाको विषयमा साझा धारणा र मुुद्दा बनाउन आवश्यक रहेको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

Bhautik ministry notice about road

बेनी–दरवाङ, पिप्ले–भगवति लगायत म्याग्दीका धेरै अधुुरा र अलपत्र आयोजनाका ठेकेदार काममा फर्किएका जानकारी दिनुुहुदै मन्त्री जुुग्जालीले संघ सरकार मार्फत सञ्चालित बेनी अस्पतालको निर्माणाधिन भवनका ठेकेदारलाई काममा फर्काउन उच्च स्तरबाट दवाव दिने र पहल गर्ने बताउनुुभयो ।

अर्जेखोला, अदिभाराको सडक पुल, पाउद्धार तातोपानी जोड्ने झोलुुङ्गे पुलका लागि ठेक्का लगाउन आवश्यक बजेट व्यवस्थापन गरेर ठेक्का लगाइसकेको बताउदै उहाँले मन्त्रालयले प्रदेश सरकार मार्फत सञ्चालित अधुुरा र अलपत्र आयोजनाको संख्या शूून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुुभयो ।

दवाव र प्रभावको प्रवाह नगरी थालिएको पोखरामा मिटरमा ट्याक्सी चलाउने व्यवस्थालाई निरन्तरता दिदै यातायात क्षेत्रको सिण्डिकेट हटाउने, पोखरा विमान स्थलमा विद्युतीय ट्याक्सी चलाउने तयारीमा जुुटेको बताउनुुभयो ।

गण्डकी प्रदेशका यातायात कार्यालयहरुको सेवालाई छिटो र प्रविधिमैत्री बनाउन फाइल तथा ढड्दालाई विस्थापित गरि डिजिटलाइजेशन गर्ने काम अघि बढेको, बागलुुङमा चार पाङग्रे सवारी चालक अनुुमतिपत्रको ट्याल परिक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुुभयो ।

सो कार्यक्रममा म्याग्देली कलाकार संघले काठमाडौमा नौमति बाजा शुुरु गरेका थिए । संघका अध्यक्ष लाली बुुढाथोकीको अध्यक्षता, महासचिव राम गगनको सञ्चालन र उपाध्यक्ष मिना गर्बुुजाको स्वागतमा सम्पन्न कार्यक्रममा एनआरएनए युुकेका कोषाध्यक्ष तेजिन्द्र रोका, कलाकार नरबहादुर वि.सी लगायतले शुुभकामना मन्तब्य व्यक्त गर्नुुभएको थियो । कलाकारहरुले गित तथा नृत्य पनि प्रस्तुत गर्नुुभएको थियो । कलाकारहरुलाई सम्मान पनि गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...