कृषि तिज गित प्रतियोगितामा बेनी ठुुलोखोलाको समूह बिजयी

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–४ सिंगा ठूलोखोला महिला कृषक समूह गण्डकी प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा बिजयी भएको छ ।

कृषि निर्देशनालयको सहयोगमा पोखरा टेलिभिजनले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा सहभागी भएका ठूलोखोला महिला कृषक समूह प्रथम भएका हुन् । कृषि ज्ञान केन्द्रको सहयोगमा ठूलोखोलाका कृषकहरु प्रतियोगितामा सहभागि भएका थिए ।

Bhautik ministry notice about road

प्रथम भएको समूहले प्रमाणपत्र सहित नगद रु. २१ हजार पुुरस्कार जितेका छन् । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसी, नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी, कृषि निर्देशक वासुुदेव रेग्मी लगायतले पुरस्कार वितरण गर्नुुभएको थियो ।

Shreekrishna hardwear in news

कृषि ज्ञान केन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बास्तोला, पुर्व प्रमुख किरण सिग्देल लगायतले बिजयी कृषक समूहलाई बधाई ज्ञापन गर्नुुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...