थामडाडा र घतानमा माओवादी प्रवेश

Beni Sanjibani

बेनी, । बेनी नगरपालिका–४ थामडाडा र वडा नम्बर ९ घतानमा शनिबार २३ जना भन्दा बढी स्थानीय नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शनिबार बेनी नगरपािलका वडानम्वर ४ थामडाँडामा भएको टोलभेलामा नेकपा एमाले वडा कमिटिका पूर्व कार्यवाहक वार्ड सचिव धनकाजि विश्वकर्मा सहित विभिन्न पार्टीका २३ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको प्रदेश सभा क्षेत्र क का संयोजक कुशल पौडेलले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुुख ज्योती लामिछाने, गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, प्रदेश (क) का संयोजक कुशल पौडेल र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी लगायतले उहाँहरुलार्ई अविर र मालाले स्वागत गर्नुभएको थियो ।

Mangala Health notice about Je

प्रवेश गर्ने विश्वकर्माको टोलीले जिल्लाको विकास, समृद्धि र सुशासनको क्षेत्रमा माओवादी पाटी र माओवादी नेतृत्वको सरकारले गरेको कार्यबाट प्रभावित भएर पाटी प्रवेश गरेको धारणा कार्यक्रममा राख्नुभएको थियो ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्तरगत थामडाँडामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य भण्डारी बेनी नगरपालिका उपमेयर एवम् प्रदेश कमिटी सदस्य लामिछानेले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने मन्तव्य राख्नुभएको थियो ।

Beni nagarpalika ko janahit ma jari notice

त्यस्तै प्रदेश सभा क्षेत्र (क)का संयोजक कुशल पौडेलले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीन महिने अभियानबारे जानकारी गराउनुभएको थियो । उहाँले माओवादीलाई तल्लो तहका नागरिकसँग जोड्ने अभियान अन्तरगत टोलटोलमा कार्यकर्ता भेटघाट प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्ष अणबहादुर खड्का, सचिव ज्ञानेन्द्र सुवेदी, माओवादीका मंगला गाउँपालिका कमिटी कोषाध्यक्ष मोतिलाल पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । भेलामा बोल्ने नेताहरुले माओवादीको विरासतलाई सधै जोगाई राख्न सबै वडा र टोलमा सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।

वडा कमिटी अध्यक्ष केन खत्रीको अध्यक्षता, उपाध्यक्ष विरेन्द्रमान शाक्यको स्वागत तथा सचिव तेजबहादर बानियाँको संचालनमा टोल भेला सम्पन्न भएको थियो ।

यसैगरी शनिबारनै बेनी नगरपालिका वडानम्वर ९ स्थित घतानमा टोल भेलामार्फत नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गरार्ईएको थियो । पार्टीमा प्रवेश गर्ने नयाँ कार्यकर्तालाइ गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, पार्टीका बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भण्डारी, माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी, सचिव एवम् वडानम्वर ९ का ईन्चाज ज्ञानेन्द्र सुवेदी, वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्री, पार्टीका सदस्य गणेश सुवेदी लगायत नेताहरुको उपस्थित रहेको थियो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...