म्याग्दीका दुई जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी । म्याग्दीका दुई जना पुरुषलाई बुधबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर बेनी स्थित होटल क्वारेन्टिनमा बसेका र म्याग्दीबाट छ दिनअघि चितवन गएका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार भारतबाट आएर पोखरामा स्वाब नमुना दिएका बेनी नगरपालिका–३ ठेगाना भएका ३२ वर्षका पुरुष बेनीमै होटल क्वारेन्टिन बसेका थिए ।

चितवन गएका बेनी नगरपालिका–४ का ५२ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । होटल क्वारेन्टिनमा बसेका युवालाई कोरोना पुष्टि भएपछि आइसोलेशनमा लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उनिहरुको नजिक सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गरि स्वाब नमुनाको नतिजा नआउँदा सम्मका लागि क्वारेन्टिन बस्न लगाइएको छ । यसअघि बिदेश र समुदायमा कोरोना फैलिएका जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकालाई मात्र कोरोना पुष्टि भएको म्याग्दीमा केहीदिनयता जिल्लाबाट बाहिर गएकाहरुलाई कोरोना पुष्टि भएको छ ।

जिल्लाबाट बाहिर गएकालाई कोरोना पुष्टि हुनुलाई उच्च जोखिमको संकेत गर्दै स्वास्थ्य कार्यालय, प्रशासन र सुरक्षा निकायले अति आवश्यक बाहेकका काममा जिल्लाबाहिर जाने आउन नगर्न आग्रह गरेका छन् ।

जिल्ला बाहिर गएर आएपछि १४ दिन अनिवार्य क्वारेन्टिन बस्न, स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ । हालसम्म म्याग्दीका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५६ जना निको भएका छन् ।

बेनीको आइसोलेशनमा ८ जना छन् । म्याग्दीबाट एक हजार ७१० वटा स्वाबको नमुना परिक्षणका लागि पठाएकोमा बुधबार साँझसम्म एक हजार ६६९ वटाको नतिजा आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...