जलजलामा शैक्षिक सम्मान

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ ।

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शुुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा दिर्घ सेवारत र निवृत्त शिक्षकलाई समेत सम्मान गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक विकासमा टेवा गर्ने उद्देश्यसहित पालिकाभित्रका उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, उत्कृष्ट व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरिएको शिक्षा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षक, प्रधानाध्यापक, विव्यस अध्यक्ष र कर्मचारीलाई सम्मान गरिएको उहाँको भनाई छ ।

Bhautik ministry notice about road

आचार्यका अनुसार दिर्घ सेवारत २५ जना शिक्षकलाई सम्मान गरिएको छ । अवकास प्राप्त ९ जना, उत्कृष्ट बर्ष शिक्षक एक जना, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक २ जना, विद्यालय कर्मचारी १ जना, कार्यलय सहयोगी १ जना, बर्ष बालविकास सहजकर्ता १ जना र उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको छ ।

साथै अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर गाउँपालिकाले विद्यार्थीहरुका लागि निवन्ध लेखन, वादविवाद प्रतियोगिता र हस्तलेखन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा उत्कृट, प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई आज नै पुरस्कार वितरण गरेको छ ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राम्रो गरेका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय र विव्यस अध्यक्षहरुको मनोवल र योगदान उच्च बनाउन कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले गुणस्तरिय शिक्षामा जोड दिएको बताउँदै जलजलाको शैक्षिक अवस्थालाई राष्ट्रिय रुपमै अव्वल बनाउन लागि परेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...