विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउदै मंगला

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बुधबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि प्रारम्भिक छलफल भएको छ ।

युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता विकास कार्यक्रम अन्तरगत हरियो बन कार्यक्रमले योजना बनाउन लागेको हो ।

प्राकृतिक बिपद् र महामारीको जोखिम आँकलन गरेर क्षति न्युनीकरण, विपद् पछिको ब्यवस्थापन लगायतका योजना निर्माण गर्न गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी र सरोकारवालाहरुबीच छलफल भएको थियो ।

Shreekrishna hardwear in news

हरियो बन कार्यक्रमका टिम लिडर भुपमणी दाहालले पालिकाका सरोकारवालाहरुको सुझाव, स्थलगत अध्ययन, जोखिमको पहिचान, क्षत्ति न्युनीकरणका उपाय र विपद्पछिको उद्धार, राहत र ब्यवस्थापनका लागि योजना तयार पारेर मंसिर महिनासम्म पालिकालाई बुझाउने बताउनुभयो ।

Bhautik ministry notice about road

पहिरो, कटान, बाढी, भूक्षय, आगलागी, हावाहुरी, हिमपात, असिना, चट्याङ् आदी प्राकृतिक बिपद्को पहिचान र क्षति न्युनिकरणका उपाय सहित मालिका र धवलागिरी गाउँपालिकाको समेत विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन लागेको हरियो बन कार्यक्रमले जनाएको छ ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्थलगत अध्ययन, तथ्य र तथ्याङ्क संकलन गरि तथ्यपरक र समयसापेक्ष योजना बनाउन आग्रह गर्नुभयो । पुर्वतयारीले विपद्को क्षति न्युनीकरणका साथै उद्धार, राहत र ब्यवस्थापन सहज हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले विज्ञताको कमीले पहिले बनाउनुपर्ने विपद् प्रतिकार्य योजना ढिलै भएपनि बन्न लागेकोमा खुसी ब्यक्त गर्दै वास्तविकता र ब्यवहारिकतामा आधारित योजना बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्यले गर्नुभएको थियो । यसपालिको बर्खामा मंगला गाउँपालिकामा २४ वटा घरमा पूर्ण, ५१ घर जोखिममा पर्नुका साथै बिद्यालय, खानेपानी, सडक र सिचाई आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...