रघुुगंगा र जलजलाका कर्मचारीले निजामती सेवा दिवस बहिस्कार गर्ने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुुगंगा र पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले शुक्रबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् ।

संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले भदौ २२ गते विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्याप्त ध्यान नपुर्याई संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेकाले दिवस बहिस्कार गर्ने निर्णय गरेको रघुुगंगामा कार्यरत सव ईञ्जिनियर कमल चोखालले बताउनुुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी जलजला गाउँपालिकाका स्थानीय सेवाका कर्मचारीहरुले पनि एक विज्ञप्ति जारी गर्दै दिवसका दिन आन्दोलन गर्ने र नमनाउने जनाएका छन् । यसअघि म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका कर्मचारीहरुले पनि दिवस नमनाउने घोषणा गरेका थिए ।

स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा न्यायोचित हुनुपर्ने भन्दै धेरै स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । उनीहरुले सेवा समूहको आधारमा सरकारी सेवा स्थानीय तहबाट मात्रै सरकारी सेवा प्रवेशको बाटो खोल्नुपर्ने माग गरेका छन् ।

संघीय ऐनले नै अन्तरप्रदेश सरुवाको बाटो खोल्नुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारी र उनीहरुका परिवारलाई उपचार सुविधा दिनुपर्ने, सरुवा चक्रीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका पुरानै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत हुन पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैबीच निजामती सेवा दिवसको अवसरमा बेनीमा बिहिबार ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । कर्मचारी मिलन केन्द्रको आयोजनामा शुुक्रबार बिहान बेनीको खुुल्ला मञ्चमा जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको सचिव युवराज थापाले बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...