बेनीमा लिटिल गार्डेनको रथयात्रा

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालीका –८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा बुधबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ ।

विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

विद्यार्थी, शिक्षक, शिक्षिका, सञ्चालक र अभिभावकहरुको सहभागीतामा रथयात्रा गरिएको थियो । लिटिल गार्डेनले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बेनीमा रथयात्रा गर्दै आएको छ ।

Shreekrishna hardwear in news

पुर्व प्राथमिक तहको भवनबाट सुरु भएको रथयात्रा अस्पतालचोक, शिक्षामार्ग, क्याम्पसचोक, न्युरोड, गणतान्त्रीक चोक, बालमन्दिरचोक, संगमचोक हुदै गणेशटोल स्थित मावि तहको भवनमा पुगेर समापन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...