लोमान्थाङमा गल्फ प्रतियोगिता

Gandaki Ghumau

पोखरा, समुन्द्री सतहदेखि चार हजार ६४५ मिटर उचाईमा अवस्थित मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने भएको छ ।

यही भदौ ३० गते लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका संयोजक तथा गल्फ संघ गण्डकी प्रदेशको तदर्थ समितिका अध्यक्ष इन्द्रधारा विष्टले अर्को प्रतियोगितादेखि विश्वका गल्फरहरूलाई पनि सहभागी गराउने योजना रहेको बताउनुभयो ।

‘गल्फ पर्यटनलाई विश्वसामु पु¥याउन विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता राखिएको हो,’ उहाँले भन्नुभयो ‘गल्फका खेलाडीहरूले एकपटक लोमान्थाङमा खेल्नुपर्छ भन्ने मानसिकताको विकास गराउनु प्रतियोगिताको उद्देश्य हो ।’

Shreekrishna
Gunasthariya Shiksya

लोमान्थाङ गाउँपालिका प्रतियोगिताको आयोजक रहेको छ । काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ आउने छन् । जसमा चार महिला गल्फर पनि प्रतियोगितामा भाग लिने छन् ।

इभेन्ट ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ । होल इन वानको विजेताले घोडा पुरस्कार पाउने छ । तर, विजेता खेलाडीले घोडाको विकल्प खोजे एक लाख रुपैयाँ नगद प्रदान गरिने विष्टले बताउनुभयो ।

‘घोडाको अप्सनमा नगद एक लाख रुपैयाँ पनि लिन सक्नुहुनेछ,’ उहाँले भन्नुभयो ‘उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।’

गत वर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो । लोमान्थाङको गल्फ कोर्सलाई वर्ल्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको उहाँको भनाई थियो । गत वर्षको गल्फ प्रतियोगितामा श्याम लामा विजयी हुनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...