मुदी र खिवाङमा माओवादीको कमिटि गठन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ को मुदी र खिवाङमा नेकपा माओवादी केन्द्रको गाउँ कमिटि गठन भएको छ ।

जनतासँग माओवादी तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मुदी र खिवाङमा संगठन निर्माण भएको हो । मुदीमा पुकार रोकाको संयोजकत्वमा १९ सदस्यीय र खिवाङमा दिवश घर्तिको संयोजकत्वमा १८ सदस्यीय कमिटि गठन भएको नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटिका सहसचिव चक्र पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

माओवादीका गाउँ कमिटि अध्यक्ष यामन रोका र धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतको टोलीको उपस्थितिमा भेला भएको थियो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्तरगत म्याग्दीका वडा र टोल स्थलमा समुदाय, कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् ।

Shreekrishna hardwear in news

माओवादीलाई तल्लो तहका नागरिकसँग जोड्ने अभियानको उद्देश्य रहेको माओवादी केन्द्र धवलागिरीका अध्यक्ष रोकाले बताउनुभयो । ‘राजनीतिक, सामाजिक परिवर्तन देखि माओवादीको अगुवाइमा शुसासन र विकासका लागि भएका कामको जनतालाई बुझाउछौ,’ उहाँले भन्नुभयो ‘नागरिकको सुझाव, समस्या र अपेक्षाको बारेमा छलफल गरिरहेका छौ ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...