अन्नपूर्णमा बजार अनुगमन टोलीद्धारा सामान नष्ट

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बुधबार बजार अनुगमन टोलीले म्याद नाघेका सामान जफत र नष्ट गरेको छ ।

अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको टोलीले पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रका ७० वटा होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन भएको थियो ।

३५ वटा होटल, २५ वटा किराना पसल, तीनवटा वर्कसप, एक मेडिकल, तीन÷तीन वटा कस्मेटिक र इलेक्ट्रोनिक्स पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा रु. छ हजार बराबरको म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“अनुगमन टोलीले दर्ता नविकरण सम्वन्धी, कालोबजारी नियन्त्रण गरी गुणस्तरीय सामानहरु पसलमा राख्ने सम्वन्धी जानकारी गराएको छ,” उहाँले भन्नुभयो “उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न अनुगमन टोलीले सुझाव दिएको छ ।”

अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्का, शिक्षा, प्राविधिक प्रमुख, लगायत कर्मचारीको तीन टोलीमार्फत अनुगमन गरिएको थियो ।

अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न टोलीले निर्देशन दिएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा ब्यापारीले म्याद नाघेका सामान पठाउने गरेको गुनासो बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...