मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

khali

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

khali

बिमबाट दरवाङतर्फ जादै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक धवलागिरी गाउँपालिका–६ का अन्दाजी २५÷२६ वर्षका सुसान विश्वकर्माको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

ट्याक्टरसँगै म्याग्दी नदीमा खसेर डुबेका विश्वकर्माको शव सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्वर र नेपाल प्रहरीको टोलीले खोलाबाट निकालेका थिए । शसस्त्रका सहायक प्रहरी निरिक्षक उमेश ढकाल नेतृत्वमा १० जना तालिमप्राप्त प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
मृतकको शव परिक्षणका लागि बेनी अस्पताल ल्याएको र दुर्घटनाको अनुसन्धान जारी रहेको घटना स्थल पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...