तिप्ल्याङ–कालीगण्डकीको पिपिए

Gandaki Pardesh notice

बेनी, ः आइएमई समुहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्रि सम्झौता (पि.पि.ए) भएको छ ।

म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको आयोजनाको प्रर्वद्धक प्रर्वद्धक कम्पनी तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरण बीच सम्झौता भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार काठमाडौमा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत सुख्खायाममा प्रतियुनिट रु. ८.४० र बर्खा याममा प्रतियुनिट रु. ४.८० का दरले खरिद गर्ने सम्झौता भएको हो ।

Shreekrishna hardwear in news

व्यापारिक उत्पादन शुरु भएको मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि गरि खरिद गर्ने सम्झौता भएको छ । कालीगण्डकी र मिस्त्रीखोला–२ जलविद्युत आयोजनाको क्यासकेडको रुपमा यो आयोजना बनाउन लागिएको हो ।

Bhautik ministry notice about road

५८ मेगावाट क्षमताको विद्युत खरिद बिक्री सम्झौता भएपनि आयोजनाको क्षमता वृद्धि गरि ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । आईएमई समूहले प्रर्वद्धन गरेको हाइड्रो सपोर्ट प्रा.ली.को ६६.३ मेगावाट क्षमताको माथिल्लो कालीगण्डकी जलविद्युत आयोजनाको यसअघिनै पिपिए भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा बाँध र वडा नम्बर २ को ठूलोबगर क्षेत्रमा विद्युतगृह प्रस्ताव भएको माथिल्लो कालीगण्डकीको र मिस्त्री २ को विद्युतगृहबाट निस्कने पानीलाई तिप्ल्याङ कालीगण्डकीको बाँधमा मिसाउने योजना रहेको छ ।

यी दुई वटा आयोजनाबाट सुख्खा याममा २९५.४६८ र बर्षा याममा ६३०.८९५ गरी कुल वार्षिक ९२६.३६५ गिगावाट आवर उर्जा उत्पादन हुने जनाइएको छ । वि.स. २०८६ असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु. ३३ अर्ब १४ करोड रहेको कम्पनीले जनाएको छ ।

नविल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भइसकेको आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावरका अध्यक्ष ढकालले बताउनुभयो । दुई वटै आयोजना निर्माण स्थल बेनी–जोमसोम–कोरला सडक नजिकै छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल विद्युत प्राधिकरणको २२० के.भी. क्षमताको सव स्टेशन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आवद्ध गराइने भएको छ ।

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीमा करिब चार सय मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । चिनिया लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...