भूमिगत पहिरोले धारापानीको किसानी माविको भवन छियाछिया

Gandaki Pardesh notice

स्थानान्तरण र भवन पुननिर्माणको तयारी
म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएको छ ।

भूमिगत पहिरोका कारण बिद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिबिधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण बैकल्पिक माध्यमबाट सिकाई क्रियाकलाप सञ्चालन गरिएको थियो ।

भवन भत्किएपछि बिद्यालयमा सिकाई क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रबबहादुर भण्डारीले बताउनुभयो । “भवनको समस्याले बिद्यार्थीलाई ४ वटा समूह बनाएर टोल–टोलमा शिक्षक पुगेर सिकाई क्रियाकलाप सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो “बिद्यालय खुलीहाल्यो भने भवनमा पठनपाठन गर्न सक्ने अवस्था छैन् ।”

Shreekrishna hardwear in news

गत असार अन्तिम हप्ताको भिषण बर्षाका कारण बिद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिरा चिरा परेको थियो । भूमिगत पहिरोले जमिन बिस्तारै चिरा चिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षा कोठा भवन र ६ वटा शौचालयका भवन भत्किएका छन् ।

Bhautik ministry notice about road

जमिनको सतह नमिलेपछि चिरा चिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिएपनि भित्रभित्रै जमिन बगेर बस्तिनै बस्नका लागि अयोग्य भएको स्थानीयबासीले बताएका छन् ।

कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ जना बिद्यार्थी छन् । पुरानो ठाउँको भवन, खेलमैदान पहिरोले छिया छिया बनाएपछि धारापानीकै किमको बोट भन्ने ठाउँमा बिद्यालय स्थानान्तरण र भवन पुननिर्माणका लागि जग्गा जुटाएको ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताउनुभयो ।

चक्रबहादुर थापा र पूर्णबहादुर थापाले पाँच रोपनी जग्गा बिद्यालयलाई निशूल्क उपलब्ध गराउनुभएको छ । मुल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सुर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गर्नुभएको छ ।

४ मिटर फकाकिलो बाटो बनाउन जग्गा दिनुभएको हो । गाउँपालिकाले बिद्यालय भवन स्थानान्तरण र पुननिर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको जनाएको छ । डिपिआर अनुसार भवन पुननिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...