मल्कवाङमा माओवादीको वडा कमिटि गठन

Gandaki Pardesh notice

बेनी, १७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटि गठन भएको छ ।

माओवादीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मल्कवाङमा कबहादुुर लामगाडेको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा शेरबहादुर श्रीपाली, सचिवमा लालबहादुुर छन्त्याल चयन हुनुुभएको छ ।

सदस्यहरुमा चनकुमार छन्त्याल, अर्जुन श्रीपाली, बलदेवी रसाइली, छिनदेवी लामगाडे, बलबहादुर रोका, धनकुुमारी छन्त्याल र सल्लाहकारमा कमरा श्रीपाली रहनुुभएको छ । छन्तमाया श्रीपाली र संगिता श्रीपाली सचिव रहनुुभएको महिला सेल कमिटिको सदस्यहरुमा बिनिसा श्रीपाली, प्रेमकुुमारी छन्त्याल, चन्सुुवा छन्त्याल, बालकुुमारी छन्त्याल र तुलदेवी छन्त्याल रहनुुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चनकुुमार छन्त्याल अध्यक्ष र अर्जुुन लामगाडे सचिव रहेको वाइसीएलको वडा कमिटिको सदस्यहरुमा कमल श्रीपाली, बमबहादुर श्रीपाली, हरिबहादुुर छन्त्याल, लालबहादुुर श्रीपाली, सुरेस परियार, तिर्थबहादुुर छन्त्याल र हिराबहादुुर छन्त्याल रहनुुभएको छ ।

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य खुमनाथ सुवेदी, जिल्ला सदस्य रिमप्रकाश थापा र धवलागिरी गाउँपालिका कमिटिका सहसचिव तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीका स्वकीय सचिव चक्र पुुनको उपस्थितिमा कार्यक्रम भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...