घोडेपानीको संग्रहालय भवन पुुननिर्माणको आवश्यकता

Beni Sanjibani

घोडेपानी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा रहेको संग्रहालय संरक्षणको पर्खाइमा रहेको छ ।

२० वर्षअघि स्थापना भएको संग्रहालयको भवन साँघुरो र जिर्ण बनेको हो । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले वि.स. २०६० अघि कच्चि भवनमा स्थानीय सामग्री संकलन गरेर संग्रहालय स्थापना गरेका थिए ।

ग्रामिण जिवनशैली, संस्कृति बुझ्ने र हेर्नका लागि आँखिझ्यालको रुपमा रहेको संग्रहालयको भवन पुरानो भएकाले नियमित सञ्चालन गर्न नसकिएको समूहका अध्यक्ष तारा गर्बुजा पुनले बताउनुभयो ।

Mangala Health notice about Je

“पुरानो र साँघुरो भवनमा रहेका सामानहरुलाई जोगाउनै समस्या भएको छ,” उहाँले भन्नुभयो “व्यवस्थित भवन बनाएर सामानहरुलाई प्रर्दशन गर्न सकेमा पर्यटकलाई देखाउन सकिन्थ्यो ।” ठाउँको अभावमा केही वर्षयता पर्यटकलाई सामग्री देखाउन नपाएको अध्यक्ष पुनले बताउनुभयो ।

संग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातीले प्रयोग गर्ने मौलिक कपडा, भाँडाकुडा, कृषि औजार, पुराना पुराना सिक्का, रुपैयाँ, मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडा लगायतका सामग्रीहरु संकलन गरेर राखिएको छ ।

Beni nagarpalika ko janahit ma jari notice

ग्रामिण शैलीको मौलिकता झल्कने नयाँ भवनको आवश्यकता रहेको समूहका सदस्य सपना गुरुङले बताउनुभयो । “ढुंगा, माटो र काठले बनेको, जस्तापाटाले छाएको भवनमा एक सय वर्ष भन्दा पुराना सामग्रीहरु संकलन गरिएको छ,” उहाँले भन्नुभयो “नयाँ मौलिक भवन बनाएर सामग्रीलाई सजाएर राख्न सके आकर्षक हुने थियो ।”

संग्रहालयमा विभिन्न जात जातीको मौलिक पहिचान झल्कने कपडा राख्ने र पर्यटकलाई मौलिक पोशाकमा सजिएर तस्विर, भिडियो खिच्न भाडामा दिने व्यवस्था मिलाउन सकेमा आम्दानीको स्रोत बन्ने घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

गत वर्ष २५ हजार जना भन्दा बढी विदेशी पर्यटक भित्रिएको घोडेपानीमा पछिल्लो समय स्वदेशी पर्यटक पनि विदेशीकै हाराहारीमा आउने गरेका छन् । व्यवस्थित नहुँदा पाहुना र पर्यटकलाई संग्रहालय देखाउन नसकिएको आमा समूहका सदस्यहरुले बताएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा रहेको घोडेपानीको पृष्ठभूमिमा गुरासँको जंगल र हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ । समुन्द्रि सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको विश्वप्रसिद्ध पुनहिल भ्रमण गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

आमा समूहले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सांसद हरिबहादुर भण्डारीसँग संग्रहालय भवनको पुननिर्माणका लागि प्रस्ताव गरेका छन् । मन्त्री जुग्जालीले घोडेपानीमा गण्डकी प्रदेशकै नमुना संग्रहालय बनाउन भवन पुननिर्माणका लागि बजेट व्यवस्थापन गर्न समन्वय र पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...