मुुस्ताङमा लोमान्थाङबाट माओवादीको रुपान्तरण अभियान

Gandaki Pardesh notice

जोमसोम, । नेकपा (माओवादी केन्द्र) मुुस्ताङले चिनको सिमाना कोरला नाका नजिकैको लोमान्थाङबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

जोमसोममा आइतबार पत्रकार भेटघाट गरेर लोमान्थाङबाट ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीन महिने अभियान सञ्चालन गर्न लागेको जानकारी गराइएको हो ।

अभियानका लागि माओवादीले केन्द्रिय सदस्य कपिल लामालाई मुुस्ताङको जिल्ला र गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर विश्वकर्मालाई थासाङ गाउँपालिका ईञ्चार्जको जिम्मेवारी दिएर पठाएको जिल्ला संयोजक धिरेन्द्र बि.कले जानकारी दिनुुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भौगोलिक विकटता र मौसमी प्रतिकुलतालाई ध्यानमा लोमान्थाङबाट सुरु गरी लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा अभियान सञ्चालन गर्ने कार्यतालिका बनाएको संयोजक बिकले बताउनुुभयो ।

‘उपल्लो मुस्ताङमा चिसोका कारण स्थानीयबासी बेसी झर्ने प्रचलन छ,’ ईञ्चार्ज लामाले भन्नुुभयो ‘माथिल्लो मुुुस्ताङबाट शुुरु गर्ने अभियान तल्लो थासाङमा पुुगेर समापन गर्छौ ।’ लामा भोटे समुदायका प्रतिनिधि हुनुहुुन्छ ।

अभियानको क्रममा पार्टी सदस्यता नविकरण, सदस्यता विस्तार, जनवर्गीय संगठन निर्माण, जनतासँग भेटघाट, गुुनासो, सुुझाव र अपेक्षा संकलन गरिने प्रदेश सहसचिव विकले बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...